तपाईको हातबाट यी चिजहरु झर्छ भने सम्जिनुहोस् तपाईलाई हुन सक्छ यस्तो दुर्भाग्य!

यदि हातबाट खाना वा दुध उम्लेर गयो भने हामी त्यसलाई सामान्य लिएर वास्ता गर्दैनौ। तर हातबाट खाद्य पदार्थ खस्नु ज्योतिषशास्‍त्रमा शुभ-अशुभ सङ्केतसङ्ग  जोडेर हेरिन्छ। साधारण जस्तो देखिने यी सङ्केतले पनि हाम्रो भविष्यको समस्याबारे  जानकारी गराउछ। दूधलाई चन्द्रमासँग जोडेर हेरिन्छ। ज्योतिषशास्‍त्रका अनुसार, दुध उम्लेर पोखिन्छ भने सुख र  समृद्धिको कमी हुने सङ्केत गर्दछ। यो परीवारका सदस्यहरु बीच मानसिक तनाव बढ्ने सङ्केत पनि हो। धार्मिक धारणाअनुसार दूध वा यसबाट बनेको पदार्थहरू हातबाट झर्नुका मतलब परीवारमा वित्तीय सङ्कट आउनु हो।

दैनिक जीवनमा नुनको एक महत्वपूर्ण स्थान छ। नुन हाम्रो भोजनको स्वाद बढाउन प्रयोग गर्नुका साथै पूजा-पाठ र अपमान हटाउन प्रयोग गरीन्छ। बुल्गारिया, यूक्रेन र रोमानिया जस्ता देशहरूमा यो दुर्भाग्य र विवादको सूचकको रूपमा मानिन्छ।  ज्योतिषका अनुसार  यदि हातबाट नुन खस्छ भने शुक्र र चन्द्रमाको कमजोर हुने सङ्केत हो। यदि तपाईको हातबाट मरीच झर्छ भने कुनै नजिकको नातेदारसँग तपाईको सम्बन्ध खराब हुन सक्छ।

गहुँ, चामाल वा अन्य खाद्य वस्तुहरु खस्नु देवी लक्ष्मी रुष्ट हुनुको सङ्केत हो। यदि अनजानमा मकै झर्छ भने त्यसलाई टिपेर टाउकोले ढोगेर जानी जानी गरेको होइन भनेर माफी माग्नु पर्छ।

खाने तेल पोख्खिनु पनि शुभ मानिदैन। यो परीवारमा एक ठूलो ऋण लाग्ने एक सङ्केत हो। यो घरमा गरिबीको एक सङ्केत पनि हो। यदि पुजा गर्ने समयमा पुजाको सामाग्री वा आरतीको थाली झर्छ भने पुजा स्वीकार नभएको मानिन्छ। यसले भविष्यमा विपत्ति आउने सङ्केत गर्दछ। पुजा गर्ने समयमा दियो निभ्नु  पनि अशुभ मानिन्छ। यस्तो बेलामा भगवानको प्राथना गर्नुहोस् ।

यदि विवाहको निसानी अर्थात् सिन्दुर जमीनमा झर्यो भने  तपाइको श्रीमानलाई कुनै आपती आउने छ वा तपाइको श्रीमान दुर्घटनामा पर्न सक्नु हुनेछ।   यो धन व्यापार सबन्धि नोक्सान हुने सङ्केत पनि हो। यदि छेउमा राखेको पानीको गिलास हातले लागेर ढल्छ भने यो पनि अशुभ मानिन्छ। यसको मतलब तपाईलाई कुनै रोगले सताउने देखिन्छ।

यदि घर बाहिर जाने समय वा कपडा लगाउने बेलामा पैसा झर्छ र तपाइले देख्नु हुन्छ भने यसलाई शुभ साईत मानिन्छ। यसको मतलब तपाईले आटेको काम पुरा हुनेछ। यसका साथै धन प्राप्तिको योग बन्नेछ। यसै प्रकारको यदि कोहिसँग लेन-देन गर्ने समयमा पैसा भुइमा झर्छ भने यसलाई पनि शुभ मानिन्छ। यदि कपडा फेर्ने समयमा यस्तो हुन्छ भने पनि शुभ सङ्केत मानिन्छ।

प्रकाशित : बिहिबार, असोज २२, २०७७१६:५९

शनिबार जन्मिएका व्यक्तिहरु यस कारण हुन्छन् भाग्यमानी !