तपाईंको घरमा भएको ल्वांग स्वास्थको लागि निकै लाभदयेक हुन्छ| यसै कारण यसको आयुर्वेदमा पनि भरपुर उपयोग हुने गर्छ| वास्तवमा ल्वांगमा यस्ता धेरै पोषकतत्व पाइन्छ जो पाचनप्रणालीको लागि उत्तम हुन्छ जस्तै एन्टिआक्सिडेन्ट्स, भिटामिन सी, क्याल्शियम, प्रोटीन, फाइबर, कार्बोहाइड्रेट आदि। यसमा रहेको सबै पौष्टिक तत्त्वहरूले तपाईंलाई कब्जबाट राहत दिने बाहेक बान्ता, पेटको जलन र ग्यास आदिबाट पनि राहत प्रदान गर्दछ। आज थाहापाउनुहोस् कसरी ल्वांगको प्रयोगले पाचन प्रणालीको स्वास्थ्यलाई सुधार गर्दछ।
स्वस्थ ल्वांगहरु
सालभिया बनाउने ल्वांगको प्रयोगले पाचन प्रणाली सुधार गर्दछ। तपाइलाई ल्वांगको स्वाद मान पर्दैन भने यसलाई खान अथवा मिठाईमा मिलाएर पनि लिन सक्नुहुन्छ| एक अनुसन्धानलको अनुसार ल्वांग हाम्रो मुखको स्वास्थ्यको लागि पनि धेरै राम्रो हुन्छ। यसले दाँतमा रहेको फोहोर हटाउनुका साथै गीजा दुख्न कम गर्दछ र ब्याक्टेरियाहरूलाई मार्दछ।
चियामा प्रयोग गर्नुहोस्
ल्वांगले पाचन प्रणालीमा सुधार ल्याउँछ। यसले रगतको प्रवाह सुधार गरी मुखबाट आउने गन्ध हटाउँछ। ल्वांग राखेको चियाको सेवन गर्नाले हानिकारक किटाणुहरू हटाएर पाचन प्रणाली राम्रो राख्छ। ल्वांगको चिया बनाउन यसलाई पिसेर एक गिलास पानीमा उमालेर खान सक्नु हुन्छ र यो तपाईं बिहान बेलुकानै प्रयोग गर्न सक्नुहुन्छ।
ल्वांगको आवश्यक तेल
पेटमा जलन भएको बेला वा बान्ता गर्ने क्रममा, एक गिलास पानीमा ल्वांगको तीन थोपा तेल राखी सेवन गर्नाले राहत प्रदान गर्दछ। ल्वांगको तेल ओलिव ओइलमा पनि मिसाउन सकिन्छ | यतिनै हैन यसलाई अत्तारमा पनि प्रयोग गरिन्छ|
ल्वांगको अर्क
ल्वांगका अर्कहरूले पाचन सम्बन्धी समस्याहरू जस्तै कब्ज र पेट जलनमा राहत प्रदान गर्दछ। यसलाई चियामा हालेर पनि प्रयोग गर्न सकिन्छ|
को अन्य फाइदाहरु
क्यान्सरबाट बचाउँछ
पेटको हानिकारक ब्याक्टेरियाहरूलाई हटाउँछ
कलेजो स्वस्थ राख्छ
ब्लड सुगर नियन्त्रण गर्छ
पेटको छाला नष्ट गर्छ
हड्डी मजबूत बनाउँछ