कोरोना संक्रमण पछि आइसोलेसनमा बसेका हरिवंश भन्छन् – ‘कोरोना खेलाँची होइन, बलियो शत्रु हो’

काठमाडौँ – तिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्रमण भएपछि यतिखेर होम आइसुलेसनमा बसिरहेका छन्। यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

कोरोना संक्रमणबाट हुने कोभिड–१९ का लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आए पनि आफ्नो घरभित्रसम्म कसरी कोरोनाले प्रवेश गर्यो भन्नेबारे हरिवंश दम्पती जानकार छैनन्।

‘हामी एकदमै परहेजमा बसिरहेका थियौं। सकेसम्म भीडभाडमा नजाने, जानै परे मास्क र सेनिटाइजर प्रयोग गर्ने गरिरहेका थियौं। बची–बची अलि–अलि आफ्नो काम पनि गरिरहेको थिएँ।

यसो गर्दागर्दै पनि १०÷१२ दिनअघि श्रीमतीलाई एकदम जिउ दुख्यो। बीचमा ज्वरो पनि आयो। ज्वरो धेरै थिएन, त्यही ९९÷१०० डिग्री थियो।

हामीलाई यो भाइरल हो भन्ने थियो। भाइरल ज्वरो औषधि गरे सातै दिनमा ठीक हुन्छ, नगरे एक हप्ता लाग्छ भन्ने थियो’, हरिवंशले होम आइसोलेसनबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘म सावधानी अपनाएर काममा हिँडिरहेको थिएँ।

बीचमा मलाई पनि अलि–अलि ज्वरो आयो। गएको आइतबार श्रीमतीले गन्ध र स्वाद हराएको सुनाइन्। त्यसपछि हामी दुवै जनाले सोमबार बेलुका कमलपोखरीको निजी ल्याबबाट स्वाब टेस्ट गरायौं। उहाँहरूले घरमै आएर स्वाब कलेक्सन गर्नुहुँदोरहेछ।

मंगलबार पोजेटिभ रिपोर्ट आयो। गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षा अपनाउँदा पनि कसरी संक्रमण भयो, कहाँबाट भयो ठम्याउन सकिएन। ठम्यमाउन सम्भव पनि छैन।’

पोजेटिभ रिपोर्ट आएको ४ दिन बित्दा हरिवंशलाई अलिअलि रुघाबाहेक खोकी लाग्ने, ज्वरो आउनेजस्ता अरू लक्षण केही छैन।

राजधानीको प्रदर्शनीमार्गस्थित मोडल अस्पतालका सञ्चालक र तिल गंगा आँखा अस्तालका बोर्ड मेम्बरसमेत रहेका हरिवंशलाई डाक्टर साथीभाइले कारोनो संक्रमण भएपछि अक्सिजन लेभल घट्न सक्ने र यसले समस्यमा पर्न सक्नेप्रति सचेत तुल्याएका छन्।

डक्टर साथीभाइकै सल्लाहमा उनले नङमा लगाएर अक्सिजनको लेभल र पल्स नाप्ने मेसिन किनेर घरमै राखेका छन् र समय–समयमा आप्mनो पत्नीको अक्सिजन लेभल तथा पल्स जाँच गरिरहेका छन्। ‘अक्सिजन र पल्स हाम्रो जिउलाई पुग्नेछ’, हरिवंशले सुनाए– ‘मलाई ठीकै छ।

प्रकाशित : शुक्रबार, असोज २३, २०७७०९:२८

कोरोनाको थप चपेटामा उपत्यका, कसरी ह्वातै बढे संक्रमित ?