विवादास्पद रूपमा बार्सिलोना छाडेको बारेमा कुरा गर्दै लुइस सुवारेजले आफूलाई आफ्नो इच्छा विपरित क्लबबाट निकालिएको महशुस गरेको बताएका छन्। चिल्लीसँगको विश्वकप छनौट खेलपछि उनले बार्सिलोनाको बारेमा बोल्दै उनलाई क्लबबाट निकालिएको बताए।
“केहि समुहको कारण मलाई क्लबबाट निकालिएको महशुस भएको छ। अरु थुप्रै सहि तरिका थिए।” सुवारेजले पोस्ट म्याचमा भने। त्यस्तै, उनले क्लब छाड्दा मेस्सीको प्रतिक्रिया बारेमा बोल्दै उनले भने,” मेस्सीले जे महशुस गरे, मैले पनि त्यस्तै महशुस गरेको थिए।” लियोनल मेस्सीले लुइस सुवारेजको बिदाईमा एक भावनात्मक संदेश लेख्दै बार्सिलोना माथि कडा प्रहार गरेका थिए।
मेस्सीले इन्स्टाग्राममा एक पोस्ट गर्दै लेखेका थिए,”क्लबको उत्कृष्ट खेलाडी मध्य एक भएको नाताले तिमी एक राम्रो बिदाईको योग्य थिएउ, जसले टोलीको लागि र व्यक्तिगत स्तरमा ठूला ठूला उपाधि र सम्मान प्राप्त गर्यो।”
“क्लबले तिमी प्रति जे व्यवहार गर्यो तिमी त्यो लायक थिएनौ। तर सत्य यो हो कि यस चरणमा मलाई कुनै कुराले अचम्म पार्दैन। ” मेस्सीले लेखेका थिए।
सुवारेजले आफ्नो साथी र पूर्व टीमका साथीको यस्तो प्रतिक्रिया आउने आफूले आशा गरेको र बार्सिलोना छाड्ने समय आफूले पनि त्यस्तै महसुस गरेको स्वीकार गरेका छन्।
बिहिबार बिहान चिल्ली विरुद्धको खेलमा उरुग्वेले २-१ गोल गरेका सुवारेजले अब आफू एथलेटिको म्याड्रिडमा खुसी रहेको बताए। विश्वकप छनौटको पहिलो चरणको खेलमा लुइस सुवारेज र म्याक्सी गोमेजको गोलमा उरुग्वेले चिल्लीलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ।