सुनको मूल्यमा यस हप्ताकै बढी वृद्धि ! कति ? [मूल्य सहित]

काठमाडौँ – बिहिबारको तुलनामा आज सुन आज केहि महँगो भएको छ। बुधबारको तुलनामा बिहिबार केहि घटेको सुनको मूल्य शुक्रबार घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९ सयले बढेको छ। जससँगै नेपाली बजारमा छापवाला सुन मूल्य ९४ हजार ८ सय भएको छ भने तेजाबी सुनको मूल्य ९४ हजार ३ सय भएको छ।

हप्ता भर सुनको मूल्यमा उतारचढाव

यस हप्ता सुनको मूल्यमा सामान्य घटबढ मात्र भएको छैन। आइतबार छापवाला सुनको मूल्य ९४ हजार ५ सय थियो। त्यसको भोलिपल्ट सोमबार सुनको मूल्य ४ सयले घट्यो।

मंगलबार भने सुनको मूल्य तोलामा ८ सय बढेर ९४ हजार ९ सय सम्म पुग्यो। जुन मूल्य यस हप्ताकै उच्च हो। यस्तै सुनको मूल्य बुधबार भने ८ सयले नै घट्यो।

बिहिबार सुनको मूल्यमा २ सयको गिरावट भयो। यधपी शुक्रबार(आज) भने सुनको मूल्य एकै दिन तोलामा ९ सयले बढ्यो।

प्रकाशित : शुक्रबार, असोज २३, २०७७११:१९

लगातार बढ्न थाल्यो सुनको मूल्य, सुन ३ हप्ता यताकै महँगो भयो ! कति ? [मूल्य सहित]