देशभर कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज २ हजार भन्दा बढीमा संक्रमण पुष्टि !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज २ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ६ सय ७६ पुगेको छ।

आज १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा  १ हजार ६ सय ८०  जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएसंगै हालसम्म निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३  छ।

यस्तै देशभर ११ हजार १ सय ७६ संस्थागत आइसोलेशन  र १४ हजार ८ सय ११ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर थप १० जनाको ज्यान गएसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ६००  पुगेको छ।

प्रकाशित : शुक्रबार, असोज २३, २०७७१६:२६

उपत्यकामा थप १४०९ मा कोरोना संक्रमण, अन्य ठाउँमा कति ? हेर्नुहोस् [विवरण सहित]