आज असोज २४ गते शनिबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। कार्यक्षेत्र वा व्यवसायमा सकारात्मक वातावरण हुनेछ। यात्राको योग बन्ने देखिन्छ। भाइ-भ्रातृत्वसँग मेलमिलाप रहनेछ। महिलाहरुले वाणीमा संयम राख्न जरूरी देखिन्छ। विचारमा स्थिरता नाराहनाले केहि कार्यमा चुनौतीको सामना गर्नु पर्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ कार्यको आरम्भ गर्नको लागि दिन उत्तम छैन। तपाईंको क्रोधित व्यवहारको कारण समस्या आइपर्न सक्छ। आर्थिक लाभ मिल्ने सम्भावना छ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। आर्थिक आयोजना गर्नको लागि दिन उत्तम रहनेछ। धन लाभ मिल्ने योग रहेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। मानहानि तथा धनहानि हुनसक्छ, सजग रहनुहोला। नयाँ कार्य सुरु गर्न वा कुनै महत्वपूर्ण निणर्य गर्नको लागि दिन शुभ रहने छैन।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हातमा आएको अवसर पनि गुमाउन सक्नुहुन्छ। स्त्री मित्रबाट विशेष लाभ मिल्ने सम्भावना छ। घरमा मांगलिक कार्यको आयोजन हुनसक्छ। व्यापार व्यवसायमा वृद्धि हुने योग रहेको छ। आयका स्रोतहरु बढ्नेछन्। यात्राको योग बन्ने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य सुरु गर्नको लागि यस दिन शुभ रहनेछ। बुबाबाट लाभ मिल्ने सम्भावना रहेको छ। धन लाभको योग रहेको छ। सामाजिक क्षेत्रमा मन-सम्मान प्राप्त हुनेछ। सरकारी क्षेत्रबाट पनि लाभ मिल्नसक्छ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहन सक्छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनेछ। यात्राको योग बन्नेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। वौद्धिक तथा साहित्य क्षेत्रमा सफलता मिल्ने सम्भावना छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

वाणी तथा क्रोधमा संयम राख्नुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ। खानपानमा विशेष ध्यान राख्नुहोला। आकस्मिक धन लाभको योग रहेको छ। मानसिक स्वास्थ्य भने राम्रो रहनेछ। नयाँ कार्य सुरु गर्नको लागे उचित समय छैन।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन शुभ रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। प्रिय व्यक्तिसँग को भेटले मन प्रशन्न रहनेछ। सार्वजनिक जीवनमा मान-सम्मान बढ्नेछ। मनोरंजन क्षेत्रमा खर्च हुने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन अनुकूल रहने देखिन्छ। आर्थिक हिसाबले दिन अत्यन्त शुभ रहनेछ। व्यापार व्यवसायमा विशेष लाभ मिल्ने सम्भावना छ। परिवारमा हर्षोल्लासको वातावरण रहनेछ। आर्थिक लाभ मिल्ने योग रहेको छ। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

साहित्य तथा लेखनको लागि दिन अनुकूल रहनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ। आकस्मिक धन खर्च हुनाले आर्थिक समस्या आउनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि पनि दिन शुभ नरहला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यक्षेत्रमा परिस्थिति प्रतिकूल रहनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। आमाको स्वास्थ्यमा पनि समस्या देखा पर्नसक्छ, ध्यान दिनुहोला। मानसिक तनाब बढ्नेछ। स्त्री वर्गको साथ यस दिन हानिकारक साबित हुनसक्छ।

प्रकाशित : शुक्रबार, असोज २३, २०७७२०:१४

भोलि असोज २४ गते शनिबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!