चाणक्य नीति शास्त्रलमा मानव कल्याणको लागि धेरै सुत्र उल्लेख गरिएको छ। यी सुत्रहरुमा चाणक्यले तीनवटा चीजलाई महिलाहरूको लागि सबैभन्दा खतरनाक बताएका छन्। चाणक्य नीतिमा यो भनिएको छ कि गुणवान महिला भएको घर स्वर्गजस्तै हुन्छ। चाणक्यका अनुसार कुन तीन चीजहरू महिलाले सधैं टाढा रहनु पर्छ त ? जान्नुहोस्…
अहंकार
अहंकार कुनै पनि व्यक्तिको सबैभन्दा ठूलो दुष्मन हो। चाणक्यका अनुसार महिला कुनै पनि प्रकारको अहंकारबाट टाढा नै रहनु पर्छ। कुनै पनि घरमा सुख र समृद्धि बिस्तारै महिलाको अहंकारले नष्ट हुन थाल्छ। अहंकारी महिलाको घरमा कहिल्यै पनि माता लक्ष्मी र सरस्वतीको बास हुँदैन। त्यसकारण, चाणक्यले अहंकारलाई महिलाको लागि धेरै खतरनाक भनेर वर्णन गरेका छन्।
अज्ञानता
महिलाको लागि अज्ञानता पनि राम्रो हुँदैन। चाणक्यका अनुसार महिलाहरु ज्ञानवान हुनु अत्यन्त महत्वपूर्ण हुन्छ। किनकि समाज निर्माणमा महिलाको भूमिकालाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। केवल शिक्षित र ज्ञानी महिलाहरूले यस समाजलाई नयाँ दिशा दिन सक्छन्, र यस गुणको कारणले महिलाले घरलाई स्वर्ग समान बनाउँछन्।
लोभ
चाणक्यका अनुसार महिलाहरु कुनै पनि प्रकारको लोभ लालचबाट टाढा रहनु पर्छ। यस अवगुणले महिलाको परिवार नष्ट पनि गर्न सक्छ। चाणक्यका अनुसार जब कुनै महिलामा लोभको भावना उत्पन्न हुन्छ त्यसले घरको शान्ति र सुखलाई नष्ट गर्न थाल्छ।