भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

हुम्ला : हुम्ला जिल्लाको लाप्चा गाउँमा भूमि कब्जा गरेको विरोधमा चिनियाँ राष्ट्रपति शी जिनपिंगको पुतला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ बिस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गर आदि नाराहरू लगाइएका थिए ।

कपिलवस्तुका स्थानीय यूवाहरूले भूमी अतिक्रमणविरुद्धको प्रदर्सनको क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्नुका साथै डा. गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए ।

प्रदर्शनको क्रममा कम्युनिस्ट सरकारद्वारा चरम भ्रष्टाचार गरिएको भन्दै युबाहरूले सरकारविरुद्ध पनि नारावाजी गरेका थिए ।

डा. गोविन्द केसीको शिक्षा क्षेत्रमा विभिन्न सुधारको माग गर्दै अनसन बसेको आज २५औ दिन हो । यसअघि उनी १८ पटक अनसन बसिसकेका छन् ।

-पब्लिक न्युज एजेन्सीबाट

प्रकाशित : शनिबार, असोज २४, २०७७१२:५८

सर्लाहीमा बढ्यो नागरिकता बनाउनेको थेगिनसक्नु चाप, टोकन प्रणाली लागू !