प्राय: मानिसहरु आफ्नो बढ्दै गरेको वजनको कारण तनावमा हुन्छन्। त्यस्तै यदि तपाई पनि आफ्नो वजन घटाउन चाहनुहुन्छ भने यसको लागि बाबरीको गेडा प्रयोग गर्नुहोला । बढी जसो न्यूट्रिशन यसको सेवनले गर्ने सल्लाह दिन्छन्। यो सेवन गर्नाले तपाईलाई भोक लामो समयसम्म लाग्दैन। यसले वजन कम गर्न पनि मदत गर्छ।
बाबरीको गेडा प्रयोग गर्नुभन्दा पहिला केहि घन्टासम्म पानीमा राख्नुपर्छ। त्यसपछि तपाईले यसलाई शरबत, डेजर्ट वा मिल्कशेकसँग खान सक्नुहुन्छ। बाबरीको गेडामा थुप्रै पोषण तत्व पनि पाईन्छ। जस्तै प्रोटीन, भिटामिन, फाइबर ओमेगा र फ्याटी एसिड जुनले स्वास्थ्यको लागि निकै फाईदादायक हुन्छ।
थाहा पाउनुहोस् वजन घटाउने तरिका:
– यदि तपाई मोटोपनाको कारण समस्यामा हुनुहुन्छ भने बाबरीको सेवन गर्नुहोस्, किनकी यो निकै फाईदादायक हुन्छ। बाबरीको प्रयोग मोटोपना घटाउन प्रयोग गरिन्छ । यसले तपाईको पेट पनि भरिन्छ र भोक पनि कम लाग्छ।
-बाबरीको गेडालाई राति सुत्नुभन्दा अगाडी एक गिलास पानीमा भिजाएर राख्नुहोला। त्यसपछि बिहान तपाई खाली पेटमा यसलाई सेवन गर्नसक्नुहुनेछ । तपाई सखर र कागतीसँग पनि यसलाई सेवन गर्न सक्नुहुन्छ।