सुआरेजले भने – ‘मेस्सीसँग राम्रो सम्बन्ध भएकै कारण मलाई निकालियो’

एजेन्सी – लुइस सुआरेजले लियोनेल मेस्सीसँगको सम्बन्धका कारण आफूलाई बार्सिलोनाबाट निकालिएको बताएका छन्। ईएसपीएनलाई दिएको अन्तर्वार्ताका क्रममा सुआरेजले मेस्सीसँग नजिक भएका कारण आफूलाई बार्सिलोनाबाट निकालिएको बताएका हुन्।

मेस्सीसँग रहेको राम्रो सम्बन्धकै कारण बार्सिलोनाको बोर्डले आफूलाई निकालेको उनले बताए। बार्सिलोनाको बोर्डले आफूलाई मेस्सी आसपास देख्न नचाहेको उनको भनाई छ। सुआरेजले मेस्सीसँग आफ्नो सम्बन्ध धेरै नै विशेष रहेको मात्र बताएनन्, बार्सिलोनामा रहँदा मेस्सीलाई भिन्न तरिकाले बुझ्न पाएको पनि बताए।

“मलाई लाग्छ कि – उनीहरूले मेस्सीको पक्षबाट मलाई हटाउन चाहेका थिए। सायद उनीहरुलाई मेस्सीसँग मेरो राम्रो सम्बन्ध रहेको मन परेन।”,उनले भने,”मेस्सी मसँग नजिक भएको उनीहरुलाई ठीक नलागेको पनि हुन सक्छ।”

बार्सिलोनाले आफूलाई किन निकाल्यो भन्ने कुरा अहिले सम्म पनि बुझ्न नसकेको उनको भनाई छ। मेस्सी र आफू बीच मैदानमा राम्रो तालमेल हुँदा पनि निकालिएको उनले बताए।

“हामी दुईको सम्बन्धले क्लबलाई घाटा भन्दा बढी फाइदा नै भएजस्तो मलाई लाग्छ। तर, मलाई किन निकालियो भन्ने कुरा मैले बुझ्न सकेको छैन।”,उनले भने,”मैदानमा हामी बीच राम्रै तालमेल थियो। सायद मेस्सी र अन्य खेलाडी बीच तालमेल होस् भनेर पनि मलाई निकालिएको हुन सक्छ।”

मेस्सीले क्लब छाड्ने चाहना राख्दा बार्सिलोनाले मार्गप्रसस्त गरेको भए उचित हुन्थ्यो भन्ने उनको धारणा छ।

प्रकाशित : शनिबार, असोज २४, २०७७१५:२७

‘रोनाल्डो म्याराडोना जस्तै छन्, जहाँ जान्छन् आफ्नो छाप छोड्छन्’