काठमाडौँ – पछिल्लो २४ घण्टामा अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्। देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट नेपालमा पहिलोपटक ५ हजार भन्दा बढी संक्रमित फेला परेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा अहिले सम्मकै बढी ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण गरिएकोमा ५००८ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। पछिल्लो पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार २२९ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ७४ हजार २५२ पुगेको छ । हाल देशभर ३० हजार ११८ जना सक्रिय सङ्क्रमित रहेको र ४ हजार ६८६ जना संक्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा २६ सय भन्दा बढी संक्रमित
शनिबार काठमाडौँमा २ हजार ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जसमध्ये २ हजार १ सय काठमाडौँमा पुष्टि भएको हो भने, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जनामा कोरोना भाइरसको पुष्टि भएको हो।
कुन जिल्लामा कति ?
श्रोत: स्वास्थ्य मन्त्रालय