दुवै किड्नी फेल भएर यी अभिनेत्रीको मृत्यु, लागेको थियो यस्तो ग-म्भीर आरोप!

बलिउडको धेरै  फिल्म तथा  म्युजिक भिडियोमा देखिएकी चर्चित अभिनेत्रि मिष्टि मुखर्जीको निधन भैसकेको छ । उनले गत शुक्रबार अन्तिम सास लिएकी थिइन्। खबरअनुसार अभिनेत्री मिष्टि  धेरै समयदेखि किटो डाइटमा थिइन्। जसकारण उनको दुवै किड्नी फेल भयो र उनको मृत्यु भयो।

अभिनेत्री मिष्टिको कुरा गर्दा उनकी आमा र एक भाई रहेका छन्। गत शनिबार बिहान मिष्टिका परिवारले उनको अन्तिम सस्कार गरेका थिए। खबर अनुसार मिष्टि लामो समय देखि बिरामी थिइन्। उनको दुवै किड्नी खराब भएपछि उनी निकै चिन्तामा थिइन्। उनि धेरै बर्ष अघि देखि फिल्म इन्डस्ट्रीमा लागेकी थिइन्। २०१२ सालमा उनले आफ्नो फिल्म लाइफबाट आफ्नो करियरको शुरुवात गरेकी थिइन्। उनलाई कहिल्यै कुनै ठुला फिल्ममा त देखिएन तर  थुप्रै आइटम गीतमा उनि देखिसकेकी छिन्। यति मात्रै नभई धेरै जसो मिडियामा कन्ट्रोभर्सिको कारण पनि उनि चर्चामा रहन्थिन।

२०१४ सालमा उनीमाथि हाई प्रोफाइल से-‘क्स र्याकेटको आरोप लागेको थियो र उनि पक्राउ पनि परेकी थिइन्। यस मामिलामा पुलिसले खोजतलास गर्दा उनको साथबाट थुप्रै साडी र टेप बरामद गरेको थियो । यस मामिलामा मिष्टि मात्र नभई उनका पुरा परिवार फसेका थिए। उनले बलिउड मात्र नभई बंगाली फिल्ममा पनि काम गरेकी छिन्। धेरै  मानिसलाई थाहा नै  छ कि २०२० मा थुप्रै स्टारहरुको मृत्यु भएको छ। जसमा इरफान खान, ऋषि कपूर र सुशांत सिंह राजपूत जस्ता थुप्रै नाम समावेश छ।

प्रकाशित : शनिबार, असोज २४, २०७७१९:४१

भाइरल गायिका रानुको जीवनमा फेरी अध्यारो, फर्किइन पुरानो घरमा!