ज्योतिष शास्त्रमा राहुलाई शनि समान र केतुलाई मंगल समान ग्रह मानिन्छ। शनिलाई प्रशन्न पार्नको लागि कुकुरलाई रोटी खुवाउन सल्लाह दिइन्छ, तर के तपाईंलाई थाहा छ कुकुरलाई रोटी खुवाउँदा शनिको साथमा राहु र केतुसँग सम्बन्धित समस्याहरू पनि कम हुन्छ। राहु-केतुको योग, कालसर्प योगबात पिडित व्यक्तिको लागि यो उपायले लाभ पुर्याउँछ।
यो उपाय बाहेक निम्न उल्लेखित मन्त्रहरूको जापले राहु-केतुको नकारात्मक प्रभाव कम गर्नको लागि मद्दत गर्दछ। राहु-केतुको दुष्प्रभावबाट बच्नको लागि राहु-केतुको यी शक्तिशाली मन्त्र पढ्नुहोस्…
राहुको मन्त्र
१. ह्रीं अर्धकायं महावीर्य चंद्रादित्य विमर्दनम्।
सिंहिका गर्भ संभूतं तं राहुं प्रणमाम्यहम्।
२. ॐ भ्रां भ्रीं भ्रौं स: राहवे नम:।
३. ॐ शिरोरूपाय विद्महे अमृतेशाय धीमहि तन्नो राहु प्रचोदयात्।
यो कुरा ध्यान राख्नुहोस् कि राहु मन्त्र ८ पटक जप गरिन्छ।
केतुको मन्त्र
१. ॐ पलाशपुष्पसंकाशं तारकाग्रह मस्तकम्।
रौद्रं रौद्रात्मकं घोरं तं केतुं प्रणमाम्यहम।।
२. ॐ स्त्रां स्त्रीं स्त्रौं स: केतवे नम:।
३. ॐ पद्मपुत्राय विद्महे अमृतेशाय धीमहि तन्नो केतु: प्रचोदयात्।
राहुको जस्तै केतुको मन्त्र पनि ८ पटक जप गर्नु पर्दछ।