मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आमाको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। विद्यार्थी वर्गको लागि दिन मध्यम फलदायी रहनेछ। सम्पत्ति सम्बन्धी कुनै कामका लागि अनुकूल दिन छैन। सामजिक क्षेत्रमा मन-समानमा आँच आउनसक्छ, सजग रहनुहोला। मानसिक तनाब बढ्न सक्छ। यस दिन पानी र स्त्री वर्गबाट हानि हुनसक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईंको चिन्ता कम हुनेछ र उत्साह बढ्नेछ। मन प्रफुल्लित रहनेछ। साहित्य तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। यात्राको योग बन्ने देखिन्छ। परिवार र आर्थिक मामिलाहरूमा बढी ध्यान दिनुहोस्। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। अधिक संवेदनशीलता र भावनात्मकता अनुभव गर्नुहुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंको लागि यस दिन आनन्दमय रहनेछ। शारीरिक तथा मानसिक रुपले तपाईं स्वस्थ रहनुहुनेछ। परिवार, प्रियजन र साथीहरुबाट उपहार प्राप्त हुने सम्भावना छ। रमणीय यात्रा तथा स्वादिष्ट एवम उत्तम भोजनको आनन्द लिन सक्नुहुनेछ। श्रीमतीबाट शुभ समाचार पाउनुहुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईं स्वास्थ्यसँग सम्बन्धित विषयमा चिन्तित रहनुहुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रन सक्छ। व्यर्थको वाद-विवादबाट बच्नुहोला। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्ने सम्भवना छ। स्त्रीको मामलामा सावधान रहनुहोस्। अत्याधिक खर्च हुनाले आर्थिक समस्याले सताउन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंको लागि यस दिन शुभफलदायी रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। पदोन्नतिको योग रहेको छ। उच्च अधिकारीहरूबाट प्रोत्साहन मिल्नेछ। आमाबाट लाभ प्राप्त हुनेछ। उत्तम वैवाहिक सुख प्राप्त गर्नुहुनेछ। सहकारी कार्यमा सफलता प्राप्त हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शारीरिक थकान, आलस्य र मानसिक चिन्ताको महसुस गर्नुहुनेछ। व्यवसाय अवरोध आउनेछ। बच्चाहरूसँग मतभेद हुनसक्छ। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। अनावश्यक खर्च बढ्नेछ। यस दिन कुनै महत्त्वपूर्ण निर्णय नलिनुहोस्। नयाँ कार्य सुरु गर्नको लागि पनि दिन शुभ छैन।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
नयाँ कार्यको प्रारम्भ गर्नको लागि दिन शुभ छैन। अत्यधिक संवेदनशीलताको कारण तपाईंको मानसिक स्थिति विचलित रहनेछ। पानीसँग सावधान रहनुहोला। वाणी तथा क्रोधमा संयम राख्नुहोला। निषेधित कार्यबाट टाढा रहनुहोस्। स्वास्थ्यको हिसाबले सावधान रहनुहोस्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यापार व्यवसाय बिस्तार हुनेछ। आयका स्रोत बढ्नेछन्। धन लाभ मिल्ने सम्भावना रहेको छ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहनेछ। विचारमा केही दुविधा र अस्थिरता रहनेछ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। वाहन तथा सम्मान प्राप्त हुनेछ। रमणीय यात्राको योग बन्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विद्यार्थी वर्गको लागि दिन अत्यन्त शुभ रहनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। पानीबाट सावधान रहनुहोला। वाणी तथा क्रोधमा संयम राख्नुहोला। मानसिक तनाब बढ्न सक्छ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।