कांग्रेसको चुनौतीपछि बाबुरामले भने – ‘निष्पक्ष छानविन गरौं, म तयार छु’

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना बारे उच्चस्तरीय र निष्पक्ष छानविन गर्न माग गरेका छन्।

नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेकोे भन्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न माग गरेको गरेपछि भट्टराईले सामाजिक संजाल मार्फत यस्तो माग गरेका हुन्।

भट्टराईले पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको आरोप समेत लगाएका छन्।

आफू प्रधानमन्त्री हुँदा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजनालाई कमिसनकै लागि विदेशी कम्पनीलाई दिइएको हुँदा अनुसन्धानलाई सघाउन आफू तयार रहेको पनि भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन्।

“मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिवद्ध छु।”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।

 

प्रकाशित : सोमबार, असोज २६, २०७७०८:५९

प्रदेश २ का प्रदेश सभासदस्य सहित २७ सङ्क्रमित