समुन्द्रशास्त्रमा व्यक्तिको हत्केलामा रहेका रेखा र विभिन्न चिन्हको मद्दतले भाग्य, स्वास्थ्य, जीवन, पारिवारिक स्थिति र व्यक्तिको स्वभावको बारेमा धेरै जानकारी प्राप्त गर्न सकिन्छ। हत्केलाका रेखाहरु बाहेक व्यक्तिको शरीरको विभिन्न भागहरूमा रहेको कोठीले पनि समुद्रशास्त्रमा विशेष महत्त्व राख्छ। समुद्रशास्त्र अनुसार शरीरको केही अंशमा बनेको कोठीलाई शुभ मानिन्छ भने केहिलाई अशुभ मानिन्छ। जान्नुहोस् शरीरको विभिन्न भागहरूमा रहेको कोठीको अर्थ के हुन्छ…
पीठमा रहेको कोठी
धेरै मानिसहरू आफ्नो पीठमा कोठी हुन्छ। यो कोठी सानो वा ठूलो दुवै आकारको हुनसक्छ। पीठमा कोठी भएका व्यक्तिहरूको व्यक्तित्व आकर्षक हुन्छ। त्यस्ता व्यक्तिहरू एकदम छोटो समयमै सफलताको शिखरमा पुग्न सफल हुन्छन्।
पेटमा रहेको कोठी
केहि व्यक्तिको पेटमा कोठी हुन्छ। समुद्रशास्त्र अनुसार पेटमा कोठी हुनु राम्रो संकेत होइन। यस्ता मानिस धेरै बिरामी हुने र खर्चालु किसिमका हुन्छन्। यस्ता व्यक्तिको हातमा पैसा धेरै समय टिक्दैन।
हत्केलाको कोठी
यदि कुनै व्यक्तिको हत्केलामा कोठी छ र मुठ्ठी बन्द गर्दा उक्त कोठी देखिँदैन भने त्यो अत्यन्त शुभ मानिन्छ। यस्ता मानिसले कम मिहेनत गरेर नै अथाहा धन कमाउन सफल हुन्छन्।
ओठमा कोठी छ भने
ओठमा रहेको कोठीले मानिसलाई सुख र समृद्धिमा धनी बनाउँदछ भन्ने विश्वास रहेको छ। त्यस्ता व्यक्तिहरूले अरूको मद्दतले धेरै धन कमाउँछन् र जीवन आरामसँग व्यतित गर्छन्।
गुरु पर्वतमा रहेको कोठी
गुरु पर्वतको मतलब मानिसको इन्डेक्स फिंगर वा चोर औंलाको फेदको भाग हो। यदि तपाईंको हत्केलाको गुरु पर्वतमा कोठी छ भने, यसको मतलब तपाईंको जीवनमा कहिल्यै पनि पैसाको अभाव हुनेछैन। त्यस्ता व्यक्तिको जीवन खुशी र समृद्धिका साथ बित्छ।