कोरोना भाइरस रोक्नको लागि मास्क लगाउनु नै सबैभन्दा प्रभावकारी तरीका हो। अहिलेको महामारीको समयमा कोरोनाको खतराबाट बच्न मास्क नै सबैभन्दा महत्त्वपूर्ण हतियार मानिएको छ। तर हामीले मास्क लगाउँदा धेरै गल्ती गरिरहेका हुन्छौं। त्यसैले, मास्क लगाउँदा निम्न उल्लेखित कुराको ख्याल राख्नु निकै महत्वपूर्ण हुन्छ।
खुकुलो मास्क
मास्क लगाउँदा यो कुरा याद राख्नुहोस् कि मास्क व्यक्तिको अनुहारमा चिप्किएको हुनुपर्दछ, ताकि भाइरस तल माथि वा कुनै दिशाबाट तपाइँको नाक वा मुख भित्र छिर्न नसकोस्। तर धेरै व्यक्तिहरूले निकै खुकुलो वा लुज मास्क लगाएका हुन्छन्।
यसरी लगाउनु पर्छ
अहिलेको समयमा धेरै मानिसले गर्ने साधारण गल्ती यो हो कि मास्कले नाक मुख दुबै ढाकदैनन्। कतिपय मानिसले मास्कले आफ्नो मुख मात्र ढाकेको पनि देख्न सकिन्छ। यदि तपाईंले मास्कले नाक र मुख राम्ररी ढाक्नुभएन भने संक्रमित हुने सम्भावना बढी हुन्छ।
उल्टो मास्क लगाउनु
यदि तपाईंले मास्क राम्रोसँग हेर्नुभयो भने यसमा एक पिन हुन्छ जुन तपाईंको नाकमा फिट हुनेगरी तयार गरिएको हुन्छ। जब तपाईं मास्क लगाउनुहुन्छ, पिन भएको भाग तपाईंको नाक पट्टि हुनुपर्छ।
पटक-पटक छुनु
मास्क लगाइसके पछि पटक पटक हातले मास्क छोई राख्नु हुँदैन। यदि कुनै समय मास्क छुनु भयो भने त्यसअघि हात धुन वा स्यानिटाइजर लगाउन नभुल्नुहोस्।
सफा मास्क
एकपटक मास्क प्रयोग गरिसकेपछि, यो आवश्यक हुन्छ कि तपाईं यसलाई स्यानीटाइज गर्नुहोस् वा धुनुहोस्। यदि तपाईंले कपडाको मास्क प्रयोग गर्नु भएको छ भने, यसलाई तातो पानी र साबुनले राम्ररी धुनुहोस् र घाममा सुकाउनुहोस्।
यस्तो गर्नु हुँदैन
मास्कको बाहिरी भाग पहिचान गर्न कठिन हुँदैन। कुनै पनि प्रकारको मास्कको भित्री भाग यसको कुनाबाट पहिचान गर्न सकिन्छ। मास्क लगाउँदा सधै ख्याल राख्नुहोस् कि बाहिरी भाग झुक्केर पनि भित्र पट्टि पारेर नलगाउनुहोस्। बाहिरी भाग दुषित पनि हुनसक्छ, त्यसैले यदि तपाईंले बाहिरी भाग उल्टो पारेर लगाउनु भयो भने संक्रमण हुने खतरा बढ्छ।