काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेता डा भीमबहादुर रावलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले अनिष्ट निम्त्याउने बताएका छन्। सोमबार एक ट्वीट गर्दै रावलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव अनिष्टको सङ्केत भएको बताएका हुन्।
नेता रावलले पार्टीको स्थायी कमिटीले गरेको संघीय र प्रदेश सरकारको हेरफेरको निर्णय कार्यान्वयन नहुँदै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको प्रति ध्यान दिन नेतृत्वलाई सुझाव दिएका छन्।
“नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुन सक्छ । समयमै नेतृत्वको गम्भीर ध्यान जाओस् । देशहित ठूलो हो।”,नेता रावलले ट्वीटरमा लेखेका छन्।
नेकपा,स्थायी समितिले विधि र पद्धतिमा जोड दिदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो।निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री विरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ।समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्।देशहित ठूलो हो ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 12, 2020