पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८ सय ०२ पुगेको छ।
आज १४ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० छ।
त्यस्तै, बिहिबार थप ९ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ६४५ पुगेको छ।
उपत्यकामा २२ सय भन्दा बढी संक्रमित
सोमबार काठमाडौं उपत्यकामा २२ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज २ हजार २ सय ८३ जना कोरोना संक्रमित थपिएका हुन्।
आज थपिएकामध्ये काठमाडौंका मात्र १८८८ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अन्य कुन जिल्लामा कति ? हेर्नुहोस विवरण !