जब शरीर मजबूत र गँठिलो देखिन्छ, तब पुरुषहरु आकर्षक देखिन्छन् । शारीरिक रुपमा मजबूत हुनको लागि मांसपेशी मजबूत हुनु जरूरी हुन्छ ।
धेरै युवाहरु ज्यान बनाउँछु भन्दै केही समय मात्रै जिम हलतिर धाउने गर्छन् । मांसपेशी मजबूत बनाउन केही घण्टा जिममा बिताएर मात्र हुँदैंन । डाइट योजना पनि आवश्यक हुन्छ ।
खानपिनमा राम्रो ध्यान पु¥याएमा मांसपेशी मजबूत हुनुका साथै शरीर आन्तरिक रुपमा समेत बलियो बन्छ । त्यसैले हामीले मांसपेशी मजबूत बनाउने केही खानाहरुको तल बणृन गरेका छौँ ।
१. गोलभेंडा
गोलभेंडाले प्रोस्टेट, फोक्सो र पेटको क्यान्सर निको पार्न मद्दत गर्छ । यसका साथै अनुहारमा कान्ति ल्याउन पनि गोलभेंडा लाभदायी हुन्छ ।
२. अण्डा
मांसपेशी मजबूत बनाउनुछ भने अण्डालाई नियमित भोजनमा समावेश गर्नुपर्छ । अण्डामा एमिनोएसिड पाइन्छ । साथै यसको पहेंलो भागमा प्रोटिन र ल्यूटेनजस्ता तत्व हुने भएकाले त्यसले शरीरलाई बलियो बनाउछ ।
३. ड्राइ फ्रुट्स
ड्राइ फ्रुट्स तथा बदाममा चिल्लो पदार्थ, फाइबर, भिटामिन, एन्टिअक्सिडेन्ट पाइन्छ, जसबाट मांसपेशी मजबूत हुन्छ ।
४. उमारिएको अन्न
उमारिएको अन्न पुरुषमा कमजोरी तथा नपुसंकताको समस्या कम गर्न सहायक साबित हुन्छ र मांसपेशी पनि मजबूत पार्छ ।
५. बदाम
बदाममा जिंकका साथै भरपूर मात्रामा अम्ल पाइने हुन्छ । त्यस्तो अम्ल पुरुषका लागि लाभकारी हुन्छ । यसको सेवनले पुरुषमा आउने कमजोरी हट्छ ।
६. लसुन
लसुनको सेवन पनि पुरुषका लागि फाइदाजनक हुन्छ । लसुनमा एन्टिब्याक्टेरियल तथा एन्टिभाइरल तत्व पाइन्छ, जसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउछ । साथै यसमा एन्टिअक्सिडेन्ट गुण पनि पाइन्छ ।
७. ब्रोकाउली
ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पु¥याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ ।
८. ग्रीन टी
ग्रीन टीको सेवन पुरुषका लागि निकै राम्रो मानिन्छ । ग्रीन टीमा पोलिफिनाइल प्रचूर मात्रामा पाइन्छ, जसले क्यान्सर रोक्छ । ग्रीन टी दिनहुँ सेवन गर्नाले पेट तथा कलेजोको रोग निको हुन्छ ।
९. आँप र मेवा
आँप र मेवा दुवैमा प्रचूर मात्रामा भिटामिन ए पाइन्छ । यी दुवै फलको बोक्रामा बायोफ्लाबेनोइड पाइन्छ । यिनीहरूलाई पुरुषले आफ्नो डाइटमा सामेल गर्नु जरुरी हुन्छ ।
१०. भेंडे खुर्सानी
भेंडे खुर्सानी पनि पुरुषका लागि लाभदायी हुन्छ । केही अनुसन्धानअनुसार रातो भेडे खुर्सानीमा सुन्तलाको रसको तुलनामा तीन गुणा बढी भिटामिन हुन्छ । त्यसैले फ्ल्यावोनोइड्सका लागि रातो यो प्रभावी हुन्छ ।
११. अनार
अनारको जूस डाइटमा सामेल गर्नुपर्छ । दैनिक एक गिलास अनारको जूस पिउनाले पुरुषको प्रोस्टेट समस्या कहिल्यै देखापर्दैन ।
१२. कोदो
कोदो क्याल्सियमको सबैभन्दा ठुलो स्रोत हो । यसले पुरुषमा ओष्टियोपोरोसिसबाट बचाउछ । यसका साथै यो जिंक तथा रेशाको राम्रो स्रोत पनि हो । यसको नियमित सेवनले डाइबिटिज तथा मोटोपनबाट समेत बच्न सकिन्छ ।
१३. फर्सी
फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ ।
१४. कम चिल्लोयुक्त दुग्ध उत्पादन
कम चिल्लोयुक्त दुग्धपदार्थ दूध, दही, महीजस्ता पदार्थमा प्रोटिनको मात्रा अधिक हुन्छ भने दूधबाट बन्ने चिजमा क्याल्सियम, भिटामिन भएजस्ता आवश्यक पोषक तत्व मौजूद हुन्छ । यसका अलावा यसमा कार्बोहाइड्रेट तथा भिटामिन डी पनि राम्रो पाइन्छ, जसबाट मांसवेशी मजबूत हुन्छ ।
१५. फल तथा तरकारी
मांसपेशीलाई मजबूत पार्न फल तथा तरकारीमा भिटामिन, मिनरल्स तथा कैयौं पोषकतत्व तथा प्रोटिन पाइने भएकाले भरपूरमात्रामा सेवन गर्नुपर्छ ।

