सामान्य सोच्नुभएका यी आदतहरु हुन सक्छन् धेरै घातक !

जीवनमा हामी जानेर या अन्जानमा नै बिभिन्न कामहरु गर्ने गर्छौं। यस्ता कामहरु हाम्रो आदतमा परिणत हुन्छ र छुटाउन गाह्रो हुन्छ। ति ब्यतिगत आदत यस्ता छन जुन अन्जानमा नै हाम्रो जीवनको आदतको हिस्सा बन्न सक्छ

दाँत टोक्ने

दाँत टोक्ने बानीले दाँतको वृद्धि बिकासमा प्रत्यक्ष प्रभाव पर्दछ।  यसले नङ छोटो या चौडा हुने समेत हुन्छ।  कुनै समयमा ब्युतिकल्समा असर गरि नङमा दुखाइको अनुभव हुन्छ। यसो गर्नाले नङमा भएको किटाणु मुखको माध्यमबाट पेटमा पुगी विभिन्न प्रकारका शारीरिक समस्या निम्तन सक्छ।

ओच्छ्यानमा स्मार्टफोन राख्नु

आफु सुत्ने ओच्छ्यानमा मोवाइल फोन राख्नु स्वास्थ्यका लागि हानीकारक रहेको छ।  यसबाट निस्कने उर्जाको प्रभावले ब्रेस्ट , कोलेरेक्टल , प्रोस्टेट क्यान्सर आदिको समस्या निम्तन सक्छ। यसले स्लिप हर्मोन मेलाटोनिनमा पनि नकारात्मक असर पारी अनिन्द्राको समस्या समेत देखिन सक्छ।

पिसाब रोक्नु 

कतिपय मानिस बानी या अन्य कुनै कारणले गर्दा दिसा पिसाब रोकेर राख्ने गर्दछन।  यो स्वास्थ्यका लागि अति नै हानिकारक छ। यसले ग्याष्ट्रिक , एसिडिटी , पेटसम्बन्धी समस्या  आदिको समस्या देखिन सक्छ।यसका साथै पिसाब रोक्नाले किड्नीको समस्या देखिन सक्छ।

बारबार खोक्नु

घाँटीमा केहि चिज अड्किदा तथा अन्य कारणले गर्दा समय समयमा खोक्ने गर्छौं।  तर यो बानीमा परिणत भएको खण्डमा आवाजमा असर पर्ने र भद्दा हुने समस्या देखा पर्छ।

औंला पड्काउने

कतिपय मानिस दिनभर हातको औंला पड्काएर बसेका हुन्छन। कहिले कहिले यस्तो गर्नु औंलाका लागि फाइदाजनक हुन्छ तर यस्तो काम आदतमा परिवर्तन भएको खण्डमा औंलामा बिशेष हानि पुग्ने देखिन्छ।

प्रकाशित : सोमबार, असोज २६, २०७७१७:१३

दैनिक भिजाएको किसमिस खाँदा मिल्छन् नसोचेका यस्ता फाइदा !