एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रिस्टियानो रोनाल्डोलाई ल्याउने योजना कायमै राखेको छ। क्रिस्टियानो रोनाल्डो ल्याउने योजना कोरोना महामारीका कारण यस सिजन सफल हुन नसकेपनि रोनाल्डो ल्याउने पीएसजीको योजना कायमै छ।

केहि अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबमा ल्याउने सपना पीएसजीले कायमी राखेको छ। रोनाल्डोको विषयमा युभेन्टस र पीएसजी बीच कुराकानी बन्द भइनसकेको काल्सियोमेर्काटाले जनाएको छ। उसका अनुसार रोनाल्डोको विषयमा युभेन्टस र पीएसजी बीच संवाद बन्द भइसकेको छैन।

रोनाल्डोको युभेन्टससँग सन् २०२२ सम्मको सम्झौता छ। र त्यसपछाडी युभेन्टसमै रहने उनको योजना नरहेको बताइन्छ। त्यसकारणले गर्दा पनि युभेन्टसले सम्झौता सकिनु अगाडी नै रोनाल्डोलाई अन्यत्र पठाउने योजना बनाएको बुझिएको छ।

सन् २०१८ मा रोनाल्डोलाई च्याम्पियन्स लिग जित्ने योजना सहित युभेन्टसले चार वर्षको लागि अनुबन्धन गरेको थियो। रोनाल्डोको उपस्थितले पनि युभेन्टसको उक्त योजना सफल हुन सकिरहेको छैन।

