ब्योर्नलोनाले पेप ग्वार्डियोलाको नेतृत्वमा दुई च्याम्पियन लिग केवल लिओनेल मेस्सीको प्रतिभाको कारण जितेको पूर्व बार्यन म्युनिखका प्रशिक्षक फेलिक्स मगाथले बताएका छन्।
२००८-०९ मा पेप ग्वार्डियोलाको पहलो सिजनमा नै बार्सिलोनाले लालिगा, च्याम्पियन्स लिग र कोपा डेल रे; ट्रेबल जितेको थियो। २ वर्षपछि फेरी म्यानचेस्टर यूनाइटेडलाई नै पराजित गर्दै बार्सिलोना युरोपियन च्याम्पियन बन्न सफल भयो। पेपको प्रशिक्षणमा बार्सिलोनाले क्लब इतिहास कै उत्कृष्ट फुटबल खेल्यो। त्यसपछि, बार्यन म्युनिख र म्यानचेस्टर सिटीको प्रशिक्षण गरेका उनले घरेलु सफलता पाएपनि च्याम्पियन्स लिग भने जित्न सकेका छैनन्। उनी अहिने सिटीको मुख्य प्रशिक्षकका रूपमा काम गरिरहेका छन्।
मगाथले ग्वार्डियोलाको पोशेशन आधारित प्रणाली प्रति प्रश्न उठाउँदै बार्सिलोनामा उनको यो प्रणाली केवल मेस्सी, जो कुनै पनि समय खेलमा निर्णायक बन्न सक्ने खेलाडी, भएको कारण मात्र चलेको बताएका छन्।
“बार्सिलोनाले मेस्सीको कारण उपाधि जितेको हो ग्वार्डियोलाले गर्दा होइन,” उनले स्पोर्ट बिल्डलाई भने। “मेस्सीविना ग्वार्डियोलाको यो प्रणालीले उनको लागि कहिल्यै सफलतापूर्वक काम गरेको छैन, नत्र भने उनले धेरै पहिले नै बार्यन वा म्यानचेस्टर सिटीको साथ च्याम्पियन्स लिग जित्नु पर्थ्यो।
“टिकी-टाका यदि तपाईंसँग विपक्षीसँग भन्दा टेक्निकल रूपमा उत्कृष्ट खेलाडी छन् भने मात्र काम गर्छ।” उनले भने। उनका अनुसार अहिलेको समयमा आफू ‘जेजेन प्रेसिंग’, जुन लिभरपुलका प्रशिक्षक योर्गन क्लपले प्रयोग गर्छन्, सफल हुने बताएका छन्।