मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आफ्नो उग्र स्वभावमा संयम राख्नुहोला। शारीरिक र मानसिक रूपले अस्वस्थताको अनुभव हुनेछ। कडा परिश्रम पश्चात पनि, थोरै सफलता हासिल हुनेछ। पेट सम्बन्धि समस्या देखा पर्न सक्छ। सरकारी काममा सफलता मिल्नेछ। कार्यक्षेत्रमा कार्यभार तथा जिम्मेवारी बढ्नेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

माइती पक्षबाट लाभदायक समाचारहरू प्राप्त हुनेछन्। विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ। सरकारी क्षेत्रमा लाभ र आर्थिक व्यवहारमा सफलता प्राप्त हुनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वास्थ्यमा समस्या देखिन सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले सताउन सक्छ। परिवारमा वातावरण राम्रो रहने देखिंदैन। अत्याधिक खर्च हुनाले आर्थिक समस्याले सताउन सक्छ। विद्यार्थी वर्गले चाहेको जस्तो सफलता प्राप्त गर्न असफल रहलान्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। बुबाबाट लाभ मिल्ने सम्भावना रहेको छ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। वाणी तथा क्रोधमा असमयम राख्नुहोला। स्वास्थ्य सामान्य रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ। विभिन्न क्षेत्रमा लाभ मिल्नाले मन प्रशन्न रहनेछ। आयमा वृद्धि हुनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। रमणीय यात्राको योग बन्नेछ। जीवनसाथीसँग निकटता बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

व्यापार व्यवसाय क्षेत्रमा असामय अनुकूल रहनेछ। करयक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। मान-प्रतिष्ठामा वृद्धि हुनेछ। पदोन्नतीको योग रहेको छ। गृहस्थजीवन सुखमय रूपले बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। व्यापार व्यवसायमा समय प्रतिकूल रहनेछ। कार्यक्षेत्रमा पनि उच्च पदाधिकारीसँग मनमुटावको स्थिति आउनसक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। मानसिक तनाब बढ्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आकस्मिक धन खर्च हुनेछ। खानपानमा विशेष ध्यान दिनुहोला। क्रोधमा संयम राख्नुहोला। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। सरकारी क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसाय क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। यात्राको योग बन्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। वाणीमा संयम राख्नुहोला। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ।

