बुधबार बुध ग्रह र भगवान गणेशको दिन मानिन्छ। बुधलाई सुवचन र बुद्धिको कारक मानिन्छ। भगवान गणेश पनि बुद्धिका देवता हुन्। गणेशको पूजा गर्दा घरमा शुभ ल्याउँछ र कुनै प्रकारको कमी हुँदैन। यस दिन गणेशका साथै माता लक्ष्मीको पनि पूजा गरिन्छ। बुधबारको दिन केही उपायहरू गर्नाले माता लक्ष्मीको आशिर्वाद प्राप्त हुन्छ,जसले धन सम्बन्धी समस्या हटाउनेछ।
बुधबार भगवान गणेशलाई लड्डु चढाउनुपर्दछ, पूजा पछि चडाएको लड्डु धन राख्ने ठाउँमा राख्नुहोस्। यसो गर्नाले धन सम्बन्धित समस्या कम हुन्छ।
यस दिन हरियो वस्तुहरुको उपयोग गर्नु पर्छ। यसले बुध ग्रहलाई बलियो बनाउँछ। बुधबार हरियो भाँडो प्रयोग गर्दा धनको अभाव हुँदैन भन्ने विश्वास छ। यसो गर्दा माता लक्ष्मी प्रशन्न हुन्छिन्। बुधबार खानामा हरियो चीज समावेश गर्नाले रोगहरूबाट छुटकारा पाउन मद्दत गर्दछ।
बुधवार पंचमुखी रुद्राक्ष, १० दान मुंग, १० ग्राम धनियाँ आफ्नो पर्समा राख्नुहोस्। यदि रुद्राक्ष छैन भने बेसारको टुक्रा राख्नुहोस्। यसो गर्नाले धनको कमी हुँदैन भन्ने विश्वास रहेको छ।
बुधबार २१ वा ४२ जावित्री गणेश जीलाई चढाउनु पर्छ। यसो गर्दा गणेशको आशीर्वाद प्राप्त हुन्छ, आर्थिक समस्याबाट छुटकारा मिल्छ र धन प्राप्ति हुन्छ।
बुधबार बिहान उठेर लक्ष्मीको पूजा गर्नुहोस्। माता लक्ष्मीलाई कमलको फूल अर्पण गर्नुहोस् र लक्ष्मीको मन्त्र जप गर्नुहोस्। यो उपाय लगातार २१ दिनसम्म गर्नुहोस्।