चाडपर्वलाई लक्षित गरी सुरक्षामा थप कडाई !

दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आ-पराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ७४० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

उनले चाडपर्वका बेला जिल्लामा हुन सक्ने चो’री, ड-कैती, जुवातास, लु-टपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसुरलगायत अ-पराध नियन्त्रणका लागि आवश्यक जनशक्ति तैनाथ गरिएको बताए। यसका लागि विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिनुका साथै साइकल, मोटरसाइकलमा प्रहरीको गस्ती तथा सादा पोशाकमा प्रहरी परिचालन गरिएको नायब उपरीक्षक विष्टले बताए।

उनले भने, “कुनै पनि हिँसाजन्य गतिविधि घटेमा तुरुन्त रेस्पोन्स हुने गरी प्रहरी खटनपटन गरिने गरी व्यवस्था मिलाइएको छ ।”सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गणबाट नगरभित्रको सुरक्षाका लागि थप ५० जना प्रहरी पनि परिचालित गरिएको छ ।

सीमा नाकामा हुने चोरी निकासी, आवागमनमा हुने सास्ती, ला-गु’औ-षध तथा पटाकाजन्य पदार्थ ओसारपसार, जुवातास, बैँक तथा वित्तीय सङ्घ संस्थालगायत भीडभाड हुने क्षेत्रको सुरक्षाका लागि छट्टाछुट्टै टोली खटाई निगरानी बढाइएको छ ।

त्रिनगर भन्सार सीमा नाकामा तालीम प्राप्त कुकुरसहित चेकजाँच थालिएको छ । यस्तै यात्रुको सहजीकरणका लागि त्रिनगर भन्सार, धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की बसपार्क, टीकापुर बसपार्क, र चिसापानी गरी जिल्लाका छ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष पनि स्थापना गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

चाडपर्वका समयमा विभिन्न हिँसाजन्य क्रियाकलापका कुनै पनि घटना घटेमा नजिकैको प्रहरी बिटमा खबर गरिदिन हुनसमेत उनले सर्वसाधारणलाई आग्रह गरे ।

प्रकाशित : बुधबार, असोज २८, २०७७१२:१६

सङ्घीय सांसद पहाडीको निधन, प्रधानमन्त्रीले गरे दुख व्यक्त !