कुनै पनि मजबूत प्रेम सम्बन्धको लागि आवश्यक हुन्छ एक-अर्का प्रति वफादार रहनु। यदि दुई मध्य एक पनि वफादार भएन भने त्यो सम्बन्ध धेरै समय टिक्दैन। आजकल त एक-अर्का प्रति वफादार कम मानिस मात्र हुने गर्छन्। एक-अर्का प्रतिको आकर्षणलाई प्रेम सम्झिन्छन्। यहि कारणले सम्बन्ध टुट्छ।
ज्योतिष शास्त्रका अनुसार यी ४ राशिका मानिस प्रेममा निकै सच्चा तथा वफादार हुन्छन्।
वृष राशि
ज्योतिष शास्त्रका अनुसार वृष राशिका मानिसलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्छ। यस राशिका मानिसहरू विश्वासयोग्य हुन्छन् र केवल भरोसायोग्य व्यक्तिहरूले सम्बन्धलाई अगाडि बढाउन सक्छन्। यो मात्र होईन, यिनीहरु आफू सम्बन्धलाई लएर कति गम्भीर छन् भन्ने कुरा आफ्नो प्रेमीलाई स्पष्ट रूपमा भन्छन्।
कर्कट राशि
कर्कट राशिका मानिस निकै भावनात्मक हुन्छन्। यसै कारण पनि यी मानिस आफूले प्रेम गर्ने व्यक्तिबाट टाढा रहन चाहँदैनन्। आफ्नो प्रेमीको अत्यधिक ख्याल गर्नु, प्रेमीको साना-साना कुरालाई महत्त्व दिने स्वभावकै कारणले यिनीहरु आफ्नो सम्बन्ध कायम राख्न सफल हुन्छन्।
कन्या राशि
कन्या राशिका व्यक्ति अत्यन्त विश्वासिला हुन्छन्। प्रेम सम्बन्धमा तिनीहरूको सबै भन्दा ठूलो विशेषता भनेको आफ्नो प्रेमीलाई हरेक समय समर्थन गर्नु हो। समस्या सानो होस् वा ठूलो, यस राशिका मानिस आफ्नो प्रेमीको ढालको रूपमा रहन्छन्।
तुला राशि
तुला राशिका मानिस आफ्नो प्रेम सम्बन्धलाई निकै गम्भीर रूपमा लिन्छन्। यिनीहरुको प्रेम सम्बन्ध निभाउने स्वभावको कारण नै प्रेम सम्बन्ध लामो समयसम्म कायम रहन्छ। ज्योतिष शास्त्रका अनुसार तुला राशिका व्यक्तिहरू प्रेम सम्बन्ध स्थिरताका साथ अगाडी बढोस् भन्ने चाहन्छन्। त्यसकारण यी व्यक्तिहरूले लामो समयसम्म सम्बन्ध कायम राख्न सफल हुन्छन्।