महामारीमा बढ्यो घरेलु र यौ-नजन्य हिं-साका घटना !

कोरोना महामारीको समयमा बागलुङमा महिला हिं’साका घटना बढ्न थालेको छ। जिल्ला प्रहरी कार्यालय र यहाँका स्थानीय तहका न्यायिक समितिहरूमा यस्ता घटनाका मुद्दा धेरै दर्ता भएका हुन् । बन्दाबन्दी, निशेधाज्ञा र सङ्क्रमणको जो’खिम बढिरहेका बेला महिला हिं-साका घटना भने रोकिएका छैनन् । यस्ता घटनामध्ये घरेलु प्रकृतिका र यौ-न’जन्य हिं’सा धेरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असोज १५ गतेसम्म प्रहरीको महिला सेललगायत विभिन्न पालिकाको न्यायिक समितिमा सयभन्दा बढी यस्ता घटना दर्ता भएका छन् । महिला सेलमा मात्रै ५० भन्दा बढी उजुरी दर्ता भएको प्रहरी सहायक निरीक्षक अनु राईले बताउनुभयो। उहाँले भन्नुभयो, “लकडाउन बजारक्षेत्रमा भएपनि ग्रामीण क्षेत्रमा घटना बढिरहेका छन् । अधिकांश घटनाका दोषीलाई प्रहरीले प’क्राउ गरेको छ । ब’ला-त्कार र विभिन्न हिं-साका गरी २४ मुद्दा जिल्ला अदालतमा पुगेका छन् । लकडाउनको समयमा मुद्दाहरू थोरै परेकामा आंशिक खुला भएपछि भने मुद्दाको दर बढेको हो । ”

बागलुङ नगरपालिकाको न्यायिक समितिमा पनि ९ मुद्दामध्ये अधिकांश घरेलु हिं-साकै भएको कानून अधिकृत नरेन्द्रबहादुर केसीले बताउनुभयो । ताराखोला गाउँपालिकामा तीनवटा मात्रै यस्ता मुद्दा दर्ता भएको उपाध्यक्ष डिलकुमारी पुनले बताउनुभयो । ढोरपाटन नगरपालिकामा एउटै मुद्दा नपरे पनि केही मुद्दा भने प्रहरीमै दायर भएका त्यहाँका उपप्रमुख करमती पुनले जानकारी दिनुभयो ।

प्रकाशित : बुधबार, असोज २८, २०७७१४:३८

कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृ-त्यु !