उपत्यकामा १४०३ सहित देशभर २५ सय भन्दा बढी संक्रमित थपिए !

पछिल्लो २४ घण्टामा  देशभर २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या  १ लाख १७ हजार ९ सय ९६   पुगेको छ।

आज १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ८० हजार ९ सय ५४  पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या  ३६ हजार ३ सय ६७ छ।

हाल देशभर १४ हजार ८१९ संस्थागत आइसोलेशन  र २१ हजार ५ सय ४८ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यस्तै, बिहिबार थप १२ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ६७५ पुगेको छ।

उपत्यकामा १४ सय भन्दा बढी संक्रमित 

काठमाडौं उपत्यकामा बुधबार थप १ हजार ४ सय ३ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ९९६ जना, ललितपुर जिल्लामा ३०५ जना र भक्तपुर जिल्लामा १०२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : बुधबार, असोज २८, २०७७१६:२९

कोरोना संक्रमणले मृ-त्यु हुनेको संख्या ६७५ पुग्यो, आज थप १२ जनाको मृ-त्यु !