कोरोनाबाट काभ्रेमा थप एकको मृत्यु!

सांकेतिक तस्विर

कोरोना सङ्क्रमणका कारण काभ्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

जिल्लामा कोरोना भाइरस् सङ्क्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । आज जिल्लामा ४० सङ्क्रमित थपिएका छन् । पोष्टका अनुसार मङ्गलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना सङ्क्रमण देखियो । आजसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष सङ्क्रमित हुन् । कूल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन् । नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन् । यस्तै, कुल सक्रिय सङ्क्रमितमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन सङ्क्रमित छन् ।  काभ्रेको १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् ।

जिल्लामा महिलाभन्दा तेब्बर सङ्ख्या हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ । कुल सङ्क्रमितमध्ये ६१ प्रतिशत पुरुषमा सङ्क्रमण देखिएको पोष्टले जनाएको छ । सङ्क्रमितमध्ये २१७ महिला तथा ४१२ पुरुषमा सङ्क्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५४ प्रतिशत अर्थात् ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ ।

“काभे्रमा केही दिनदेखि सरदर दैनिक ४० जनामा सङक्रमण देखिएको छ, त्यसमध्ये बनेपामा अधिक देखिन्छ”, डा.झाले भन्नुभयो । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये ३५ महिला र ८८ पुरुष अस्पताल आइसोलेशन र १५९ महिला र २१५ पुरुष होम आइसोलेशनमा उपचाररत छन् । यसैबीच, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जूलाई कोरोना सङ्क्रमण भएको छ । नगर स्वास्थ्य शाखा संयोजक सन्दिप केसीका अनुसार जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको पिसिआर परीक्षणमा ब्याञ्जूलाई आज कोरोना सङ्क्रमण पुष्टी भएको हो । उहाँले आज सामाजिक सञ्जालमार्फत आफुसहित परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टी भएकोसमेत जानकारी गराउनुभएको छ ।

ब्याञ्जूलगायत धुलिखेल नगर कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजैदेखि नगरको अत्यावश्यकबाहेक आउँदो ५ गतेसम्म अन्य सेवा बन्द गरिएको छ । साथै, नगरद्वारा जारी सूचनामा नगरका केही जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले उनीहरुको स

प्रकाशित : बुधबार, असोज २८, २०७७१८:४७

हुम्लास्थित सिमानाबारे कूटनीतिक पहल थाल्न कांग्रेसको माग !