काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।
बुधबार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै बुढीगण्डकी परियोजनामा नेकपा अध्यक्षद्वय र नेपाली कांग्रेसका सभापति मिलेर ९ अर्ब घोटाला गरेको आरोपको खण्डन गरेपछि भट्टराईले सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका हुन्।
बुधवार एक विज्ञप्ति जारी गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षहरु माथि लगाएको आरोप झुठो, कपोकल्पित, आधारहिन, गलत र दुरासयपूर्ण रहेको थिए भने उनले त्यससँग सम्बन्धित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको आधिकारीक निकायमा पेश गर्नका लागि चुनौति दिएका थिए।
श्रेष्ठको चुनौती पश्चात ट्वीट गर्दै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न माग गरेका छन्। साथै उनले उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न पनि माग गरेका छन्।
“बुढीगण्डकी, एनसेल, वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।
बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ! pic.twitter.com/WbWX664bzQ
— Baburam Bhattarai (@brb1954) October 14, 2020