बलात्कार गर्न खोज्नेलाई महिलाले हानिन् खुकुरी, मृत्यु !

काठमाडौँ – धनकुटामा एक महिलाले जबरजस्ती करणी गर्न खोज्नेको ज्यान लिएकी छन्। धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले जबरजस्ती करणी गर्न खोज्नेको ज्यान लिएकी हुन्।

राती ढोका फुटाएर जबरजस्ती गर्न खोजेपछि महिलाले प्रतिकार गर्दा स्थानीय लीलबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घटना पश्चात मारेककटहहरेको घुमाउँनेकी ३० वर्षिया कमला गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेपछि उनले प्रहरीलाई राती ढोका फुटाएर जबरजस्ती गर्न खोजेपनि खु-कुरी हा-नेको बयान दिएकी छन्।

धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीका अनुसार घटना बुधबार राति १० बजे घटेको थियो। राती कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेका थिए। तर, कमलाले नमानेपछि बाहिरबाटै ठेलेर चुकुल उत्काई भित्र पसेर लीलबहादुरले जबरजस्तीको प्रयास गरेका थिए।

जसपश्चात कमलाले खु-कुरी हानेकी थिइन्। टाउकोमा ग-म्भीर चोट लागेका उनी त्यहाँबाट भागेका थिए भने बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा मृत फेला परेका थिए।

मृतक लीलबहादुर विवाहित रहेका छन्। श्रीमतीले उनलाई छोडेर करिब एक वर्ष अगाडी अर्कैसँग विवाह गरेको बताइएको छ। लीलबहादुरका दुई छोरा छन् ।

यस्तै कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवईमा छन्।

 

प्रकाशित : बिहिबार, असोज २९, २०७७११:५९

बढी भाडा असुल्दै सार्वजनिक यातायात !