अर्थमन्त्री पौडेलको पहिलो निर्णय – विश्व बैंकसँग २० करोड डलर ऋण

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । बिहीबार उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्नु अगाडी उनले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहका बीच अन्य दुई नवनियुक्त मन्त्रीहरुसँगै पद तथा गोपनीयताको शपथ लिएका थिए। पदभार ग्रहण गर्न सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका उनलाई अर्थ मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरे।

पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा विश्व बैंकसँग ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्। मन्त्री पौडेलले विश्व बैंकसँग २० करोड ऋण लिने पत्रमा हस्ताक्षर गरेका हुन।

उक्त रकम कोभिड–१९ को रोगथाममा प्रयोग गरिने बताइएको छ।

तीन मन्त्रीबाट शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ छन्।

तीनै जना प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त भएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।

प्रकाशित : बिहिबार, असोज २९, २०७७१५:०३

किरियामा बसेका बेला भयो यस्तो घटना, ११ जना घाइते !