मानिस पिच्छे खाना खाने बानी आ-आफ्नै खालका हुन्छन् । कोहि मानिसले साँझ नपर्दै खाना खान मन पराउछन् भने कोहि रातिमा ढिलो मात्र खान रुचाउछन् । मानिसको यस्तै बानीले मानिसको सरिरमा प्रभाव पनि परिरहेको हुन्छ । त्यस्तै रातिमा खाने खानाले मानिसको निद्रामा समेत असर गर्ने गर्छ ।
रातिमा सुत्नु भन्दा आघि खाना खानुलाई राम्रो मानिदैन । आयुर्वेदका आनुसार खाना खाएको २ घण्टा पछि सुत्नुलाई उत्तम मानिन्छ । खाना खाने वित्तिकै सुत्नाले पाँचन प्रणालीमा समेत असर गर्नुका साथै मोटोपन पनि बढाउँछ ।
के हुन त ? रातिको समयमा खानै नहुने कुराहरु ..
पास्ताः
पास्ता निक्कै छिट्टो तयार हुने खाना हो । यसमा अत्याधिक कार्वोहाइड्रेट हुन्छ जसले गर्दा पाचन प्रणालीमा असर पर्छ । रातिमा बिसेस आराम गर्ने समयमा यस्तो कार्वोहाइड्रेट बढी भयको खाना खानाले मानिस को सरिरमा एसिडिटी बढ्नुका साथै पाचन प्रणालीमा असर पर्छ ।
मसलेदार खानाः
मसलेदार खाना ले सामान्य आबस्था मा पनि मानिस को सरिरमा असर परिरहेको हुन्छ । त्यस्तै मुटु सम्बन्धि रोगि का लागि मसलेदार खाना बिस जस्तै हुन्छ त्यसै गरि यस्तो मसालेदार खाना रातिमा खानु पनि उपयुक्त हुदैन । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस
मिठाइः
मिठाइ रातिको समयमा खानु राम्रो होइन यसले मोटो पन बढाउनु का साथै दाँतमा पनि असर गर्छ । यसले शरीरमा प्रतिकुल प्रभाव पनि पर्छ । चाउचाउ वा चाउमिनः चाउचाउ वा चाउमिन मा धेरै मात्रामा क्यालोरी हुन्छ । सुत्नेबेला धेरै क्यालोरी भयको खाना खानाले पाचन मा समस्या आउन सक्छ त्यसैले सुत्नु आगाडी चाउचाउ र चाउमिन खाने हानिकारक मानिन्छ ।
मासु माछाः
मासु माछा धेरै प्रोटिन हुन्छ । रातिको समयमा अत्याधिक मात्रमा माछा मासुको सेवनले शरीरमा प्रोटिनको मात्रा एकै पटक बढ्ने र आराम लिने समयमा पेटमा समस्या हुँदा सुत्न अहसज हुने हुन्छ ।
चिप्सः
चिप्स प्राय तेलमा तारेर वा मसलामा तयार गरियको हुन्छ । यस्ता चिप्समा मोनोसोडियम ग्लूटाडियम ग्लूटामेट जस्ता हानिकारक चिज प्रयोग गरियको हुन्छ यस्तो चिज रातिमा खाँदा निद नलाग्ने र अन्य समस्या आउन सक्छ भने जसले मानिसको स्वास्थ्य मा पनि आसर गर्न सक्छ
काउली र प्याजः
काउली र प्याज रेसादार खानेकुरा हुन् । यस्ता अत्याधिक रेशादार खाना सुत्ने बेलामा खादा पाचन मा आसर गर्छ यस्ता खानाले पनि पेट फुल्ने समस्या समेत हुन सक्छ ।
पनिर वर्गरः
पनिर वर्गर अत्याधिक चिल्लो पदार्थ पाइने खाना मा पर्छन । यस्तो खाना रातिमा भन्दा बिहान खानु उपयुक्त हुन्छ । रातिको समयमा चिल्लो पदार्थ भयको खाने कुरा पाचन गर्न गारो हुने हुदा पनिर वर्गर रातिमा खानु उपयुक्त हुँदैन । यसले पनि पेट सम्बन्धि समस्या ल्याउन सक्छ ।