‘मेस्सी अतुलनीय खेल्छन्, तर मेस्सी भन्दा रोनाल्डिन्हो सर्वश्रेष्ठ खेलाडी हुन्’

एजेन्सी – बार्सिलोनाका पूर्व खेलाडी जेरार्ड डेउलोफेउले मेस्सी भन्दा रोनाल्डिन्हो उत्कृष्ट रहेको बताएका छन्। एक इटालियन मिडियासँग कुराकानी गर्नेक्रममा मेस्सीसँग खेलिसकेका डेउलोफेउले मेस्सी भन्दा रोनाल्डिन्हो उत्कृष्ट रहेको बताएका हुन्।

मेस्सी “अतुलनीय” प्रतिभा भएपनि रोनाल्डिन्हो धेरै नै उत्कृष्ट रहेको उनको बुझाई छ। डेउलोफेउले रोनाल्डिन्हो आफ्नो लागि इतिहासको सर्वश्रेष्ठ खेलाडी रहेको बताए।

“मेरो लागि रोनाल्डिन्हो इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन्। मैले बार्सिलोनामा हुँदा उनलाई भेट्ने मौका पाएको थिएँ। त्यो अद्भुत अनुभव थियो।”,उनले भने,”मेस्सी पनि अविश्वसनीय छ्न्। मैले उनीसँग ६ महिना सँगै रहेर खेल्ने मौका पाएँ।”

रोनाल्डिन्हो र मेस्सीसँग ७ ब्यालोन डी’ओर रहेको बताउँदै उनले दुवै फुटबल इतिहासमा उत्कृष्ट खेलाडीको रुपमा रहिरहने उनले दावी गरे। रोनाल्डिन्हो र मेस्सी दुवैको नाम इतिहासमा हुने उनको भनाई छ।

ला मासियाका उत्पादन रहेको डेउलोफेउ अहिले सिरी ‘ए’ क्लब उडिनीजमा छन्। सिरी ‘ए’मा पुनः खेल्ने मौका पाउँदा धेरै नै उत्साहित भएको उनले बताए।

प्रकाशित : बिहिबार, असोज २९, २०७७२०:४३

रोनाल्डो-एम्बाप्पे सट्टापट्टाको चर्चा !