‘कोरोनाले जीवनभरीका लागि सुन्ने शक्ति नष्ट पारिदिन सक्ने’

एजेन्सी – कोरोना संक्रमणले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने एक नयाँ अध्ययनले देखाएको छ। बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनमा यस्तो निष्कर्ष निकालिएको बीबीसीले जनाएको छ। यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्ने अनुसन्धानमा उल्लेख छ। बेलायतमा एउटा यस्तै घटना भेटिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

अनुसन्धानकर्ताका अनुसार संक्रमणपछि स्टेरोयड औषधि दिएपछि यसको असर नकारात्मक हुनसक्छ। यो बहिरोपनको रुपमा पनि देख्ने गर्छ। यद्यपि, बिरामीको श्रवण शक्ति कसरी घट्छ, यो पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन। थुप्रै पटक फ्लू, हर्पिजजस्ता भाइरल संक्रमणको मामिलामा यस्तो हुनेगर्छ।

अनुसन्धानकर्ताका अनुसार बिरामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अवरोध थियो न नै कान सुन्निएको थियो। यो घटनापछि बिरामीको थुप्रै परीक्षण गरियो। यसमा फ्लू, रुमेटोयड अर्थराइटिस, एचआईभीको परीक्षण समावेश थियो। अनुसन्धानमा पाइए अनुसार बिरामीको बहिरोपनको कारण कोरोनाको संक्रमण थियो।

अनुसन्धानकर्ताका अनुसार सुन्ने क्षमता घट्नु र टिनिटस (कानमा आवाज गुञ्जिनु) को लक्षण पनि कोरोना र फ्लूका बिरामीमा देख्न सकिन्छ। तर यस्तो मामिला पहिले देखिएको थिएन।

वैज्ञानिकका अनुसार कोरोनाले कानमो मध्ये भागलाई पनि प्रभावित पार्न सक्छ। यो भाइरसले शरीरमा यस्तो रसायन बढाउने गर्छ जुन सुन्ने क्षमतासँग जोडिएको हुन्छ।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७०७:३०

जनस्वास्थ्यमा गम्भीर खेलबाड: गोर्खा ब्रुअरीद्वारा उत्पादित बियर कमसल !