उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिए, देशभर ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज ४ हजार ३९२ कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७   पुगेको छ।

विगत २४ घण्टामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । हाल देशभर ३७ हजार ३८२ जना सक्रिय सङ्क्रमित रहेका छन्।

हाल देशभर १२ हजार ३३६ संस्थागत आइसोलेशन  र २५ हजार ४७  जना होम आइसोलेशनमा रहेका छन् ।

मुलुकभर हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७१५   पुगेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर थप २१ जनाको ज्यान गएसँगै मृ-त्यु हुनेको संख्या ७१५  पुगेको हो।

उपत्यकामा २४ सय भन्दा बढी संक्रमित 

शुक्रबार काठमाडौं उपत्यकामा २ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज २ हजार ४ सय २ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र १७८४ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७१६:२८

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय नाघ्यो !