कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय नाघ्यो !

नेपालमा कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७ सय नाघेको छ। हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७१५  पुगेको छ।

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृ-त्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर २१ जनाको ज्यान गएको जानकारी दिएका छन्।

त्यस्तै, शुक्रबार देशभर थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको छ।

विगत २४ घण्टामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । हाल देशभर ३७ हजार ३८२ जना सक्रिय सङ्क्रमित रहेका छन्।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७१६:४०

ओलीले भने – ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियान सफल बनाएरै छाड्छौं