‘नेइमार फुटबल मैदानमा वास्तविक जोकर हुन्’

पेरूका डिफेन्डर कार्लोस जाम्ब्रानोले नेइमारको व्यवहारको कडा आलोचना गरे र ब्राजिलका स्टारलाई “जोकर” को दर्जा दिएका छन्।

मंगलबार विश्वकप छनौट खेलमा ब्राजिलले दुईपटक पछि परेको स्थितिलाई उल्ट्याउँदै पेरुलाई ४-२ ले पराजित गर्दा नेइमारले ह्याट्रिक गरे। गत वर्षको कोपा अमेरिका फाइनलको पुनरावृत्तिमा, नेइमारले ह्याट्रिक गर्दै उनी रोनाल्डोलाई उछिन्दै ब्राजिलको इतिहासको दोस्रो सबैभन्दा गोल गर्ने खेलाडी बने।

खेलको निर्धारित समयको अन्तिम मिनेटमा जाम्ब्रानोले रातो कार्ड पाएका थिए। त्यसअघि, ३ मिनेट पहिला मात्र पेरू कै कार्लोस कासेदाले पनि रातो कार्ड पाएका थिए।

फुटबलमा नेइमारको गुणस्तर र स्थिति स्वीकार गर्दै, बोका जुनियर्सका लागि खेलिरहेका जाम्ब्रानोले पूर्व बार्सिलोना स्टारलाई जोकर भने। “उनी एक महान् खेलाडी हुन्, उनी विश्वका सर्वश्रेष्ठ खेलाडी मध्यमा पर्छन्, तर मेरो लागि उनी एक वास्तविक जोकर हुन्,” जाम्ब्रानोले अमेरिकी टेलिभिजन कार्यक्रम ‘ला बांडा डेल चिनो’लाई भने।

“पेनाल्टी क्षेत्रमा उनी चार वा पाँच पटक लड्छन् ताकी पेनाल्टी पाइन्छ कि भनेर र आज अन्तमा उनले आफ्नो लक्ष्य हासिल गरे, दुई पेनाल्टी पाए, तर त्यो पेनाल्टी थिएनन्।”

खेलमा ३ गोल गरेका नेइमार ६४ अन्तर्राष्ट्रिय गोलका साथ ब्राजिलको लागि दोस्रो सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने। उनले रोनाल्डो (६२) लाई पछि परे।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७१९:४४

एमबाप्पेको चम्किएपछि पीएसजी शीर्षस्थानमा !