काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँ-ठाउँमा कोहि नयाँ मानिस आए सात दिन क्वारेन्टाइन राख्न आग्रह गरेको छ।
शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गाउँ-ठाउँमा कोही नयाँ मानिस आएमा अनिवार्य सात दिन क्वारेन्टाइनमा राख्न गरेका हुन्।
डाक्टर गौतमले टोल, छिमेक वा गाउँमा कोही नयाँ मानिस आएमा अनिवार्य सात दिन क्वारेन्टाइनमा राख्न आग्रह गरे। साथै कोरोना संक्रमणको पुष्टि पश्चात आइसोलेसनमा बसेकाहरु घर बाहिर निस्किएको थाहा पाए तत्काल प्रहरीलाई खबर गर्न पनि उनले आग्रह गरे।
“टोल, छिमेकी वा गाउँमा नयाँ मानिस आएको छ भने त्यस्ता व्यक्तिहरुलाई अनिवार्य सात दिन क्वारेन्टाइनमा राख्नू। संक्रमण देखिएर आइसोलेसनमा बसेकाहरु घर बाहिर निस्किन सक्ने भएकाले अन्य व्यक्तिलाई पनि संक्रमण सर्न सक्छ। यसमा ध्यान दिँदै प्रहरीलाई खबर गरिदिनु होला।”,उनले भने।
प्रवक्ता गौतमले रोगी, गर्भवती र ६० वर्षमाथिका मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह पनि गरेका छन्। कोरोनाले महामारीको रुप लिसकेको हुँदा रोगी, गर्भवती र ६० वर्ष माथिका मानिसहरुलाई घरमै सुरक्षित बस्न उनको आग्रह छ।
विशेष गरी काठमाडौं उपत्यका जस्ता घनाबस्ती भएका ठाउँमा रहेका ६० वर्षमाथिका, गर्भवती, बालबालिका क्यान्सर मिर्गौलाका रोगीहरुले घर बाहिर निस्किन नहुने उनले बताए।
![]()

