सूर्यले गर्यो राशि परिवर्तन, यी ५ राशिलाई लाभै-लाभ !

१७ अक्टोबर अर्थात् आज सूर्य तुला राशिमा प्रवेश गरेको छ । सूर्य १६ नोभेम्बर सम्म यस राशिमा रहनेछ। तुला सूर्यको नीच राशि मानिन्छ। यस राशीमा सूर्यदेवको फल अशुभ हुन्छ। तर सूर्यको गोचरको केही राशिमा शुभ प्रभाव पर्नेछ। सूर्यको राशि परिवर्तन यी ५ राशिको लागि शुभ रहनेछ।

वृष राशि 

यस समयमा तपाईंको शत्रुहरू पराजित हुनेछन्। रोजगार क्षेत्रमा गरेका सबै प्रयासहरू अर्थपूर्ण रहनेछन्। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला, पेट सम्बन्धि समस्याले सताउन सक्छ। यस अवधिमा अधिक लेनदेन गर्दा सावधान रहनुहोला। खर्च बढ्ने सम्भावना छ। साथी तथा आफन्तबाट शुभ समाचार मिल्ने सम्भावना देखिन्छ।

सिंह राशि 

तपाईंको साहस र उर्जा बढ्नेछ। तपाईंले गरेका कार्य तथा निर्णयको सराहना हुनेछ। दाजु-भाईसँग मनमुटाव हुनसक्छ, उनीहरुको स्वास्थ्यमा समस्या आउनसक्छ। घर-जग्गा तथा वाहन खरिद गर्ने इच्छा पूरा हुनसक्छ। तपाईं धर्म कर्मका विषयहरूमा सक्रियतासाथ भाग लिनुहुनेछ र दान पनि गर्नुहुनेछ।

कन्या राशि 

पारिवारिक कलहको कारणले मानसिक अशान्तिको सामना गर्नु पर्नेछ। घर-गाडी किन्नको लागि समय राम्रो छ। एक ठूलो इनाम पनि तपाइँको पक्षमा घोषणा हुनसक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी आँखा र पेटको समस्या आउनसक्छ। अप्रत्याशित रूपमा सम्मान पाउन सकिन्छ। कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्।

वृश्चिक राशि 

अप्रत्याशित परिणामहरू मिल्नसक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। आमा बुबाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। यो अवधि व्यापारको दृष्टिकोणबाट अनुकूल हुनेछ। आर्थिक लेनदेनको लागि समय अत्यन्त शुभ रहनेछ। यदि तपाईं विदेशी कम्पनीमा सेवाको लागि आवेदन दिन चाहानुहुन्छ वा विदेशी नागरिकताको लागि प्रयास गर्न चाहानुहुन्छ भने समय अनुकूल रहनेछ।

धनु राशि 

प्रत्येक क्षेत्रमा सफलता मिल्नेछ। वरिष्ठ परिवारका सदस्यहरू र भाइहरूसँग मतभेद उत्पन्न हुनसक्छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति पाउनुहुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। प्रेम सम्बन्ध मजबूत हुनेछ।

 

प्रकाशित : शनिबार, कार्तिक ०१, २०७७१९:३५

नवरात्रीमा कस्तो रहनेछ ग्रह-नक्षत्रको चाल, कुन राशिमा कस्ती प्रभाव ? हेर्नुहोस् !