नारायणकाजी श्रेष्ठ दसैँ भत्ता नलिने एक्ला सांसद, चैतयता तलब पनि लिएनन् !

काठमाडौँ – नेपालका संघिय संसदका सांसदहरुले दसैँ पेस्की पाएका छन्। संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की बुझिसकेका छन्।

प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसद्मा तीन सय ३४ छन्। ती मध्ये अधिकांशले सैँ पेस्की बुझिसकेको बताइएको छ।

तर, राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भने दसैँ पेस्की लिएका छैनन्। दसैँ भत्ता नलिने उनी एक्ला सांसद हुन्। दसैँ पेस्की मात्र नभई उनले चैतयता तलब पनि लिएका छैनन्।

कोरोना महामारीका कारण देश आर्थिक चपेटामा परेको भन्दा उनले दसैँ भत्ता तथा चैतयताको तलब नलिएका हुन्। यस सम्बन्धमा श्रेष्ठले यस अगाडी नै घोषणा गरेका थिए।

श्रेष्ठले केहि महिना अगाडी कोभिड महामारी नियन्त्रण नभएसम्म आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेका थिए ।

कसको कसको रोकियो?

sf7df8f}F ! c;f]h /fli6«o;ef cWoIf u0f]]zk|;fb ltdlN;gfn] laxLaf/ l;+xb/af/df /fli6«o;ef ;b:odf dgf]lgt jfdb]j uf}tdnfO{ kb tyf uf]klgoftfkl5 ;+;bsf] nf]uf] k|bfg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

विभिन्न कारणले गर्दा केहि सांसदहरुको तलब-भत्ता रोकिएको छ। तलब-भत्ता रोकिएका सांसदहरुमा वामदेव गौतम, पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार, कैलाली घटनामा जेलमा रहेका सांसद रेसम चौधरी, बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा झेलिरहेका विजय गच्छदार र रौतहट प्रकरणमा जेलपरेका मोहम्मद आफताब आलम रहेका छन्।

राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य वामदेव गौतमको पद नै अदालतमा विचाराधीन रहेकाले उनको तलब र भत्ता रोकिएको हो।

प्रकाशित : शनिबार, कार्तिक ०१, २०७७०८:१७

अन्ततः दशैंको मुखमा बाहिरिएयो मनसुन !