धरान – शनिबार धरानमा दुई कोरोना भाइरस संक्रमितको निधन भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान दुई जना कोरोना भाइरस संक्रमितको निधन भएको हो।
निधन हुनेहरुमा झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुष रहेक छन्। उनीहरुको आधा घण्टाको फरकमा निधन भएको बताइएको छ।
सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृ-fत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो । भ माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै निधन भएको प्रतिष्ठानले जनाएको छ ।
सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको पेटको समस्या भई भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा ज्यान गुमाउनेको सङ्ख्या ६१ पुगेको छ ।
वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृ-त्यु
खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृ-त्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए ।
भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृ-त्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो ।
आईसोलेसनमा रहेकोमा उनलाईअसोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृ-त्यु भएको हो ।
अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो । उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।
नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृ-त्यु भएको थियो ।