‘माओवादीहरू ओलीको चरणमा लम्पसार परे’

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा लम्पसार परेको आरोप लगाएका छन्।

कर्णाली प्रदेश विवादको विषयलाई लिएर ओली-प्रचण्ड बीच मनमुटाब भएको विषयमा टिप्पणी गर्दै जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईले माओवादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा लम्पसार परेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हुन् भनेजसरी व्यवहार गरिरहँदा पनि पूर्व माओवादीक नेताहरु निरिह बनेको भट्टराईको टिप्पणी छ।

भट्टराईले अहिलेका प्रदेशलाई ओलीले पंचायतकालको अंचल जस्तै बनाएको आरोप लगाएका छन्। ओलीकै आदेश वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेको भट्टराई बताउँछन्।

“ओली उवाच-‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’! अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो!त्यसैले त बालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन्!तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार!”,ट्वीट गर्दै भट्टराईले भनेका छन्।

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१०:३५

दशैँ शुरु भएपछि छैनन् बसपार्कमा यात्रु, दिनहुँ बाहिरिन्छन् यति यात्रु !