अब बस चढ्दा अनिवार्य फेस सिल्ड लगाउनैपर्ने !

काठमाडौँ – अब सार्वजनिक चढ्ने यात्रुहरुले अनिवार्य रुपमा फेस सिल्ड लगाउनुपर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम दिन-दिनै बढीरहेको अवस्थामा यातायात व्यवस्था विभाग फेस सिल्ड अनिवार्य गरेको हो।

सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोक्न पाउने निर्णय सरकारले गरेपछि यातायात व्यवस्था विभागले फेस सिल्ड लगाएर मात्र बस चढ्नुपर्ने नियम ल्याएको हो।

सार्वजनिक यातायातमा पूरै यात्रु राख्दा सामाजिक दूरी कायम नहुने भएका कारण यस्तो नियम ल्याइएको यातायात व्यवस्था विभागले जनाएको छ। मास्क पहिलै देखि अनिवार्य रहेको र फेस सिल्ड पनि अनिवार्य गरिएपछि कोरोना संक्रमणको जोखिम थप कम हुने विश्वास यातायात व्यवस्था विभागले लिएको छ।

बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले बताए । यात्रु आफैं सचेत भएमात्र कोरोना भाइरस संक्रमणको जोखिम कम हुने उनको भनाई छ।

बसमा यात्रा गर्दा मास्क लगाउने, स्यानिटाइजर पनि लगाइराख्ने र फेस सिल्ड अनिवार्य लगाउनले कोरोनाको जोखिम कम भएर जानेछ। फेस सिल्ड प्रयोगलाई अनिवार्य गर्नको लागि विभागले निर्देशिका जारी गर्ने तयारी गरेको छ ।

विभागले ससिल्ड प्रयोग गर्नेपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी गरेको बुझिएको छ।

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१३:२८

खसी, बोका, भेंडा, च्याङ्ग्राः रातो हैन हरिया !