साइकलमा जाँदै थिए बाबुछोरी, टिप्परले ठक्कर दियो !

काठमाडौँ – टिपरको ठक्करबाट दाङमा एक जनाको ज्यान गएको छ। दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिपरले ठक्कर दिंदा एक जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा दाङको गढवा गाउँपालिका- १ जुराउनीकी २४ वर्षीया जमुना कुमाल रहेकी छन्। साथै उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्।

साइकलमा सवार बुवा-छोरीलाई टिपरले ठक्कर दिँदा दुवै जना गम्भीर भएको र उपचारको लागि लैजाँदै गर्दा जमुनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

पूर्वतर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिपरले साइकलमा भालुवाङतर्फ आउँदै गरेका बाबु-छोरीलाई ठक्कर आइतबार पौने १ बजे ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरीक्षक नन्द पोखरेलले बताए।

दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ मा भएको हो। बावु-छोरा सवार साइकल दुई वटा टिपरको बीचमा परेर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१५:२९

‘विकासै-विकास गर्न खोजेको कोरोनाले दिएन’