‘विकासै-विकास गर्न खोजेको कोरोनाले दिएन’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना भाइरस महामारीले विकासमा वाधा पुर्याएको बताएका छन्।

झापाको दमक अस्पताल भवन शिलान्यास भर्चुअल कार्यक्रममा बोल्ने क्रममा ओलीले चौतर्फी विकास गर्ने समयमा कोरोना महामारीले वाधा पुर्याएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले पूरै देश विकास तर्फ अगाडी बढिरहेको बताए। कोरोना महामारीका बीच पनि देशका विभिन्न ठाउँमा सडक, विद्यालय, विश्वविद्यालय बन्ने क्रम जारी नै रहेको ओलीको भनाई छ।

“चौतर्फी रूपमा विकास गर्न खोजेको कोरोनाले समस्या ल्याएको छ। तर देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ। अनेक ठाउँमा शिलान्यास भइरहेका छन्। विद्यालय, विश्वविद्यालय। बाटा। सरकारी भवन निर्माण भइरहेको छ।।”,उनले भने।

ओलीले नेपालमा रेल ल्याइसकिएको बताउँदै छिट्टै संचालनमा ल्याउने पनि बताए। सुरूङ मार्ग, दीमार्थ र हवाइ मार्गको क्षेत्रमा पनि देशले उन्नति गरिरहेको उनको दावी छ।

“नयाँ रेल ल्याइसकियो, छिटै सञ्चालनमा ल्याउँछौं। सुरूङ मार्ग काम भइरहेको छ। जलमार्ग, नदीमार्थ र हवाइ मार्गका क्षेत्रमा ठूलो उन्नती भएको छ।।”,उनले भने,”पूर्वपश्चिम रेलमार्गको तयारी हुँदैछ। पूर्वपश्चिम राजमार्ग विस्तार भइरहेका छ।”

सरकारले काम भन्दा बढी कुरा गरेको आरोप लाग्ने गरेपनि ओलीले त्यस्तो नरहेको जिकिर गरे। सरकारले कुरा मात्र नभई काम पनि गरिरहेको ओलीको भनाई छ।

“सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ। नकरात्मक प्रवृत्ति सुनेको हुन सक्छ। राम्रा कामबाट आत्तिएकाले त्यस्तो कुरा गरेका हुन सक्छन्। कोरोना धिमा गतिमा झारेपछि त्यस्ता तत्वले भन्ने मौका कम पाएका छन्।”,उनले भने।

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१५:४८

भोलि बिहान देखि खाद्यले खसीबो बिक्री गर्ने ! मूल्य कति ? हेर्नुहोस मूल्यसहित !