‘सबैथोक नागरिकले नै गर्नुपर्ने भए सरकार किन चाहियो?, कर किन तिर्नुपर्यो ?’

काठमाडौँ – कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचारबाट सरकार पछि हटेपछि चर्को आलोचना भएको छ। सरकार पछि हटेसँगै कोरोना भाइरस परीक्षण देखि अस्पताल भर्ना र उपचारका खर्च संक्रमित आफैंले बेहोर्नपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असशक्त, अति अपांगता भएका नागरिक, असहाय एकल महिला, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत बाहेक अरूले आफ्नै खर्चमा कोराना परीक्षण गर्नुपर्ने निर्णय हो।

यस विषयलाई लिएर सामाजिक संजाल र मिडियामा सरकारको आलोचना भइरहेको छ। यस विषयमा अन्य वुद्धिजीवी, राजनीतिक दलका नेताहरु मात्र नभई सर्वसाधारणले पनि सरकारको आलोचना गरिरहेको अवस्था छ।

यस विषय बारे टिप्पणी गर्दै लेखक/साहित्यकार खगेन्द्र संग्रौला सबैथोक जनता आफैंले गर्नुपर्ने भए सरकार किन चाहियो भन्दै प्रश्न गर्छन्। सरकारलाई कर किन तिर्ने भन्ने उनको प्रश्न छ। संग्रौला सामाजिक संजाल मार्फत यस विषयमा टिप्पणी गर्दै सरकार विरुद्ध अब चर्को बोल्ने बेला भइसकेको बताउँछन्।

“सरकारी स्वास्थ्य प्रवक्ताको जनतालाई आदेश- आफैं उपचार गर्नू, आफैं औषधि किन्नू?नताले सबैथोक आफैं गर्नपर्ने भए यो सरकार किन चाहियो? प्रवक्ताको यो ट्याउँट्याउँ रटान किन चाहियो? सबै आफैं गर्नुपर्ने भए सरकारलाई नागरिकले कर किन तिर्ने? अब चर्को बोल्ने बेला भएन र, मान्यवर?”,संग्रौलाले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७०९:०२

हाँस्य कलाकार शिबहरि पौड्याललाई मातृशोक, बचाउन सकिनँ भन्दै मागे माफी !