काठमाडौँ – चर्चित हाँस्यकलाकार शिबहरि पौड्याललाई मातृशोक परेको छ। ‘मुखमा हानु जस्तो’ भनेर पनि चिनिने पौड्यालकी आमाको आइतबार राति निधन भएको हो।
पौड्यालले सामाजिक संजाल मार्फत आमाको आइतबार राती ११ वजेर ०९ मिनेटमा १ सय वर्षको उमेरमा निधन भएको जानकारी गराएका छन्। फेसबुकमा एक भावुक स्ट्याटस लेख्दै उनले माफी पनि मागेका छन्। आफ्नी आमाको स्वर्गमा वास होस् भन्ने उनको कामना छ।
“दुखद् खवर लेख्न वाध्य भएँ। आमा ! एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला । (१९७७ फागुन देखि २०७७ कार्तिक २ गते राती ११ वजेर ०९ मिनेट सम्म”,फेसबुकमा उनले लेखेक छन्।